टोकियो- हाल जापानका अधिकांश कम्पनिहरुले आफ्ना कामदारहरुलाई मेरिटमा आधारित तलव सुविधा उपलब्ध गराउने प्रकृया सुरु गरेका छन् ।
राज्यको आर्थिक स्थितिलाई थप मजबुत बनाउन यो प्रकृया फलदायी हुने जानकारहरु बताउदछन् । यसो गरिएका कर्मचारीहरुको काम प्रतिको लगनशीलता तथा जिम्मेवारी पनि बढेर जाने बताईएको छ ।
टोयोटा मोटर्सको मजदुर युनियनले यो प्रकृया कम्पनि तथा कामदार दुबैका लागि लाभदायक रहेको बताएको छ ।
यो नियम लागु भएपछि अब मजदुरहरुको तलव एकमुस्ट रुपमा बढ्ने नभई उनीहरुको कामको प्रस्तुतिकरणले निर्धारण गर्ने छ । यो सुविधाले युवा कामदारहरुको तलव बढ्ने तथा पुराना र नयाँ कामदारहरु वीचको तलव असमानता पनि घट्ने छ ।
प्रधानमन्त्री सिञ्चो आबेको सरकारले लचिलो श्रम बजारको नितीका विषयमा वकालत गरेता पनि हाल आएको नयाँ निती त्यसको विपरित पाईएको छ । यौटा जापानी गैरसरकारी संस्थाका अनुसार हाल जापानमा करिव ५८ प्रतिशत कार्यालयहरुले मेरिट बेसमा तलव दिने गरेका छन् ।
जापानको एक प्रतिस्ठीत ईलेक्ट्रोनिक्स कम्पनि फुजित्सु लिमिटेडले मेरिट वेस पेमेन्ट पद्दति लागु गरेको छ । यस कम्पनिले दक्ष कर्मचारी जस्तै टेक ईन्जिनियरहरुलाई उसले वार्षिक करिव ३० मिलियन येन तलव दिन्छ । उसले आफ्ना ३२००० कर्मचारिहरुलाई औशत ८ मिलियन येन तलव सुविधा उपलब्ध गराउदै आएको छ ।
टोयोटा मजदुर संगठनले आफ्ना कामदारहरुको अौसत आमदानी १०१०० येन माग गरेको छ । मेरिट बेस पे ले दक्ष र अदक्ष कामदारहरुले लिने तलव सुविधामा फरक आउने बताउदै यसले कामदारहरुलाई मार परेता पनि कम्पनिको उन्नतीका लागी आफुहरु सो प्रणाली मान्न तयार रहेको संघका एक प्रतिनिधिले बताए ।
सन् १९५० बाट सिन्तो नामक संस्थाले जापानी मजदुरहरुको तलव सुविधा बारे वकालत गर्दै आएको छ । सो संस्थाका एक अधिकारीका अनुसार हाल तलव सुविधाको विषय मजदुरहरुको प्रमुख मुद्दाको विषय रहेता पनि मेरिट वेस पेमेन्टले मजदुरहरुलाई आफ्नो तलवमान आफै निर्धारण गर्न सक्ने बनाएको बताउदै यसलाई मजदुरहरुले अन्यथा नबुझि आफुलाई थप कनम गर्ने हौसलाको रुपमा लिन समेत अनुरोध गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस