काठमाडौं- दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकहरुलाई पेन्सनको व्यवस्था गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आग्रह गरेका छन्।
सोमबार दक्षिण कोरियाली राजदूत पार्क योङ्सिकसँग शिष्टाचार भेटको क्रममा कोरियामा कार्यरत नेपाली श्रमिकहरुलाई पेन्सन प्रणालीमा समेट्न आग्रह गरेका हुन्।
नेपाली युवाहरुका लागि कोरिया रोजगारीको आकर्षक गन्तव्य मुलुक भएकाले कोटा बढाउनुपर्नेमा समेत मन्त्री यादवले जोड दिए।
‘कोटा वृद्धि भए भाषा र सीप परीक्षण गरेर प्रतिक्षामा बस्नुपर्दैन‚’ मन्त्री यादवले भने।
साथै रोजगार अनुमति प्रणाली (ईपिएस) भाषा परीक्षालाई थप व्यवस्थित, मर्यादित बनाउनका लागि नेपाल प्रतिबद्ध रहेको मन्त्री यादवले बताएका छन्।
भेटका क्रममा कोरियाली राजदूत योङ्सिकले ईपिएस भाषा परीक्षालाई थप व्यवस्थित बनाउन कम्प्युटरमा आधारित परीक्षा (सीबिटी) सञ्चालन आवश्यक भएको बताए। सो व्यवस्थाका लागि पूर्वाधार निर्माणको तयारी गर्नुपर्नेमा उनले जोड दिए।
कोरियामा नेपाली कामदारहरुले आत्महत्या गर्ने प्रवृतिबारे चिन्ता व्यक्त गर्दै उनले यो प्रवृति अन्त्यका लागि श्रमिकहरुको पारिश्रमिक बढाउने तथा पारिवारिक भेटघाटलाई सहज बनाउन जोड दिने उल्लेख गरे।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस