सोल-दक्षिण कोरियाका मजदूर संगठनहरुले रोजगार अनुमति प्रणाली (ईपीएस ) भाषा परीक्षा उतिर्ण सबैलाई कोरियामा रोजगारी दिन माग गरेका छन् |
शुक्रबार प्रवासी मजदुर यूनियन (एमटीयु) कार्यालयमा भएको कोरियन कन्फेडेरेसन अफ ट्रेड यूनियन (केसीटियु), माइग्रेन्ट ट्रेड यूनियन (एमटियु ) र मानव संशाधन विकास संस्था ( एचआरडी ) पदाधिकारी बीच भएको संयुक्त बैठकमा मजदूर नेताहरुले दुखले पढेर उतिर्ण भएका सबै परीक्षार्थीलाई रोजगारी दिनुपर्ने माग गरेका हुन् |
बैठक क्रममा भाषा परिक्षाको लागी दिने आबेदन शुल्क महगो भएको उल्लेख गर्दै मजदूर नेताहरुले परीक्षामा धेरै उतिर्ण गराएर कामको लागि थोरैलाई मात्र छान्ने पद्धतिको बिरोध गरेका थिए |
सो क्रममा मजदूर पदाधिकारीहरुले बिदेशी कामदारलाई कोरिया प्रवेश गर्नु अघि प्रवेश गरेपछि कामसंग ब्यबहारिक शिक्षा दक्ष प्रसिक्षकहरुबाट दिनुपर्नेमा जोड दिएका थिए |
एमटियुका अध्यक्ष उदय राईका अनुसार ईपीएस पाठ्यक्रममा मजदुर युनियन र मजदुर तथा मानब अधिकारको बिषय राख्नुपर्ने लगायतको बिषयमा छलफल भएको जानकारी दिए |
अध्यक्ष राईले भने ‘ एक जना कामदार माग गरेमा तीन जनाको नाम पठाउनुपर्ने नियम अव्यवहारिक छ ‘ राईले थपे ‘ यो नियम सच्याउन माग गरेका छौं |’
आवेदन शुल्कको प्रसंगमा अध्यक्ष राईले नेपालको इपिएस शाखाले अहिलेको भन्दा अझ बढाउन माग गरेको समेत खुलासा गरे | उनले थपे ‘ईपिएस शाखाले आवेदन शुल्क घटाउन प्रयास गर्नुपर्नेमा कम भयो भन्दै बढाउन प्रयास गर्नु बिडम्बना हो |’
सो बैठकमा शैक्षिक कर्यक्रममा मजदुर युनियनले पढाउन पाउनु पर्ने,परिक्षार्थीले भोग्नु परेको बिभिन्न समस्या हटाउन उचित पहल गर्नुपर्ने लगायतको माग समेत मजदूर नेताहरुले राखेका थिए |
बैठकमा एचआरडी पदाधिकारीहरुले मजदूर नेताहरुको माग र प्रश्नलाई आगामी एक महिनाभित्र सम्बोधन गर्ने सहमाति जनाएका थिए |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस