सोल-दक्षिण कोरिया आवश्यक हुने अदक्ष कामदारका लागि लिईदै आएको सीप परिक्षण परिक्षा कानुन बिपरित रहेको प्रवासी मजदूर युनियनले ठहर गरेको छ |
रोजगार अनुमति प्रणाली ( ईपीएस ) मार्फत अदक्ष कामदार आपूर्ति गर्ने क्रममा मानव संशाधन विकास केन्द्रले लिने भाषा परीक्षा र सीप परिक्षण परीक्षा ( स्कील टेस्ट ) मध्ये पछिल्लो पद्धति स्किल टेस्ट कानुन बिपरित रहेको युनियनका अध्यक्ष उदय राईले बताए |
अध्यक्ष राईका अनुसार स्कील टेस्ट दक्ष कामदारका लागिमात्र तय गरिएको परीक्षा पद्धति हो तर एचआरडी कोरियाले अदक्ष कामदार छनौट गर्न यो पद्धती लागु गरेको छ |
कोरियाका मजदूर संगठन प्रतिनिधिहरुले एचआरडी पदाधिकारीसंग स्कील टेस्टका नाममा लाखौ खर्च गरेर लिखित परिक्षा उतिर्ण गरेका परीक्षार्थीलाई कोरिया आउनबाट बन्चित गराउन नहुने माग राखेका थिए |
शुक्रबार भएको बैठकमा एचआरडी प्रवासी बिभाग प्रमुखले आगामी बर्षका लागि स्किल टेस्ट बारेमा नियम परिबर्तन भैसकेको जानकारी गराएको अध्यक्ष राईको भनाइ छ |
सन् २०२० को लागि २०१९ मा लिईएको लिखित परीक्षामा १२ हजार १० जना उतिर्ण भए पनि स्कील टेस्ट ६ हजार ७ सय ७३ को नाममात्र प्रकाशन गरिएको थियो |
अनुतिर्ण परीक्षार्थीले स्किल टेस्ट पारदर्शी नभएको भन्दै बैदेशिक रोजगार विभागमा सच्याउन माग गरेपछि १ सय ३५ लाई पुन उतिर्ण गराइएको थियो |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस