कास्की – अखिल नेपाल फुटबल संघ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेको विषयमा प्रष्ट पार्न गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) मिडियामा आएका छन् ।
उनले आफूले ठगलाई झापड हानेको बताएका छन् ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने – ‘मनाङबाट आएका खेलाडीको बसोबास प्रबन्ध नमिलाएको देखेपछि सुरुमा सम्झाएको हुँ। तर, सम्झाउँदा ठूला कुरा गरेपछि ठगलाई झापड हानेँ’, पत्रकार सम्मेलनमा मनाङेले भने, ‘के ठगलाई झापड नहानेर माला लगाउने त ?’ उनले ठगलाई आफूले मात्र नभएर सबैले झापड हान्नुपर्ने बताए ।
मंगलबार पोखरामा आयोजित मुख्यमन्त्री कप फुटबलको उद्घाटन समारोहमा उनले मिलनलाई झापड हानेका थिए।
एन्फा अध्यक्ष गुरुङले बुधबार नै पत्रकार सम्मेलन गरेर सांसद मनाङेविरुद्ध प्रहरीमा उजुरी दिने बताए लगत्तै उनले पत्रकार सम्मेलन गरेका हुन् ।
उनले एन्फा अध्यक्ष गुरुङले भ्रष्टाचार गरेको आरोपसमेत लगाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस