सोल- गत वर्षको अन्त्यमा तय गरेर यस वर्षको सुरुवातबाट लागु गरिएको नयाँ भिसा नितिका कारण धेरै आप्रवासीहरुको जनजिवन प्रभावित भएको छ ।
हालै लागु गरिएको नयाँ भिसा नीतिका कारण एफ २-७ भिसाका आवेदक, एफ २-७ भिसा वाहक, नविकरण गर्ने वालाहरु त्था तिनका जोडीहरु नराम्ररी प्रभावित बनेका छन् ।
यो एफ २-७ भिसा प्राय डी तथा ई स्तरका मजदुरलाई बसोबास प्रयोजनका निम्ति दिइने भिसा हो । यो भिसा कोरियन आप्रवासी तथा पुनर्मिलन कार्यक्रमले विभिन्न कार्यका आधारमा अंक निर्धारण गराई न्युनतम ८० अंक बाट १२५ अंक ल्याउने ब्यक्तिहरुलाई प्रदान गर्ने गर्दछ । तर हाल भिसा नविकरण गर्न पनि ८० अंक ल्याउनै पर्ने भएको छ ।
४२ बर्षका बव जो १५ बर्ष भन्दा बढी समय बाट कोरियामा बसोबास गर्दै आएका थिए, उनी पनि आफ्नो भिसा नविकरण गर्न असमर्थ भएका छन् । यासको एउटै कारण उनको ढल्कदो उमेर हो । उनको उमेरका कारण जम्मा २५ अंक मात्र प्राप्त गरेका उनी नयाँ भिसा नितिबाट नराम्ररी प्रभावित भएका छन् । अब कोरियामा ढल्कदो उमेर समुहका आप्रवासीहरुलाई भिसा नविकरण गराउन समस्या हुने निश्चित छ ।
उनका अनुसार अब उनले पुन भिसा नविकरण गराउन ईपिएस टपिकको पाँचौँ तहको परिक्षा पास गर्नु पर्ने छ साथै कोरियन आप्रवासी तया पुनर्मिलन कार्यक्रम ले तोकेका न्युनतम शर्तहरु समेत पुरा गर्नु पर्ने छ । यसका अलावा आप्रवासीहरुको आमदानी पनि मापदण्ड अनुरुप हुनुपर्ने नयाँ भिसा नितिमा उल्लेख गरिएको छ । अब कोरियामा स्थायी रुपमा बसोवास गर्न चाहानेहरुको न्युनतम आमदानी कोरियाको कुल गाह्रस्थ उत्पादन सँग बराबरी अथवा त्यो भन्दा बढी हुन पर्ने छ ।
आप्रवासी विशेसज्ञ जाङ मान इकका अनुसार यो भिसा निति हचुवाका भरमा र हतारमा ल्याइएका कारण अपरिपक्व रहेको छ । अक्टोवर मा सुचना जारी गरि जनावरीबाट लागु गरिएको यो निति प्रयोगमा ल्याउन कठिन रहेको उनले औल्याए ।
उनले भिसा नितिका कारण हतास नभई कोरियन आप्रवासी तया पुनर्मिलन कार्यक्रम ले तोकेका शर्तहरु पुरा गर्न तथा आफ्नो आमदानी बढाउन अतिरिक्त काम गर्न तथा उच्च अध्ययन गरेर उच्च शिक्षा हासिल गर्न पनि सल्लाह दिएका छन् । साथै उनले भिसा सम्बन्धि जानकारी लिन १३४५ मा कल गर्न पनि सल्लाह दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस