काठमाडौँ- सरकारले नेपाली युवालाई रोजगारीको अवसर प्रदान गर्न स्पेनसँग आग्रह गरेको छ ।
स्पेनको एक्स्ट्रमुरा क्षेत्रीय सरकारको संस्कृति, पर्यटन तथा खेलमन्त्री नुरिया फ्लोरेस रेन्डोन्डा नेतृत्वको टोलीले आज आफूसँग गरेको भेटमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले कामदार आदानप्रदानमा सहकार्य गर्न चाहेको बताए ।
नेपाल र स्पेनमा धेरै विषयमा समानता रहेको टिप्पणी गर्दै उनले नेपालका कृषि श्रमिकलाई स्पेनमा प्रशिक्षण गराई नेपालको उत्पादकत्व वृद्धिका लागि सहयोग गर्न आग्रह गरे ।
सो अवसरमा स्पेनी मन्त्री रेन्डोन्डाले नेपाली युवालाई रोजगारीको अवसर दिन आफूहरु अत्यन्त सकारात्मक रहेको बताए । स्पेनलाई नेपाली युवाको आकर्षक गन्तव्य बनाउन सकिए दुवै देशको सम्बन्ध अझ प्रगाढ हुने उनको भनाइ थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस