काठमाडौँ- वैदेशिक रोजगार विभागबाट खारेजीमा परेका म्यानपावर कम्पनीले वैदेशिक रोजगारीसँग गतिविधि गर्दै आएको भेटिएको छ । विभागको सूचीबाट खारेजीमा परेको कामपा¬–४ चप्पलकारखानास्थित सि लिङ्क ओभरसिज सर्भिस प्रालिबाट ५२२ वटा राहदानी जफत भएसँगै खारेजीमा परेको म्यानपावरेल यससँग सम्बन्धित काम गरिरहेको पाइएको हो ।
सो म्यानपावरले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्य जारी राखेको, सक्कल राहदानी र रकम फिर्ता नगरेको भन्दै परेको उजुरीका आधारमा विभागको टोलीले अनुगमन गर्दा उक्त तथ्य फेला परेको हो । उजुरी परेपछि विभागले मङ्गलबार सो म्यानपावरमा शिलबन्दी गरेको थियो । विभागको टोली, म्यानपावरका कर्मचारी, महानगरपालिका वडा न ४ का वडा सदस्य, घरधनी र सुरक्षाकर्मीको रोहवरमा बुधबार शिलबन्दी खोलेर अनुसन्धान गर्दा वैदेशिक रोजगारसँग सम्बन्धित काम गरिरहेको पाइएको हो ।
वैदेशिक रोजगारमा पठाइ दिने भन्दै सयौँ व्यक्तिसँग रकम र राहदानी सङ्कलन गरिरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको विभागले जनाएको छ । विभागको टोली म्यानपावर कम्पनीमा पुग्दा सयौँको सङ्ख्यामा पीडितहरु आफूहरु ठगिएको भन्दै म्यानपावर कार्यालय पुगेका थिए । खारेजीमा परेर पनि वैदेशिक रोजगारसँग सम्बन्धित कामकारबाही गरेको पुष्टि भए कारबाही हुने विभागले जनाएको छ । विभागले यसअघि पनि खारेजीमा परेको म्यानपावरलाई वैदेशिक रोजगारसँग सम्बन्धित कामकारबाही नगर्न सचेत गराउँदै आएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस