सोल-दक्षिण कोरिया नेपाली युवाका लागि कमाउने आकर्षक गन्तब्य हो | यहाँ प्रवेश गर्न रोजगार अनुमति प्रणाली,बिद्यार्थी,ब्यबसायी, पर्यटक लगायत विभिन्न माध्यमबाट प्रवेश गर्ने गर्दछन | पछिल्लो समय मौसमी कामदार भित्र्याउने नियम पनि बनेको छ |
यसरि विभिन्न माध्यममा कोरिया प्रवेश गरे पनि आखिर उद्धेश्य भनेको कमाउने नै हो | पछिल्लो समय आएका मौसमी कामदारहरु अन्य देशका लागि सहज भए पनि नेपालका लागि धेरै समस्या र चुनौती रहेका छन् | छोटो समयका लागि आएर नेपाल फर्किनु पर्ने नियम रहेको छ | यस्तो अवस्थामा हालै पोछन नगरपालिकाका लागि नेपालबाट आएका १७ जना मौसमी कामदारहरु कार्य स्थलबाट भागेको यहाँका स्थानीय संचार माध्यमले जनाएका छन् |
उनीहरु भाग्नुको कारण कोरियामा लामो समय काम गर्न चाहानु नै हो | मौसमी कामदार छनौट प्रक्रिया सरल,सहज र मितव्ययी हुनु आवश्यक छ भने कामदार छनौटमा बिचौलियाको घुसपेठले लागत बढी हुने भएकाले पनि भाग्ने गरेको हुन् |
नेपालको पन्चपुरी नगरपालिकामार्फत गत जुन र जुलाईमा तरकारी फार्ममा काम गर्न आएका नेपालीहरु फर्कन करिब १ हप्ता मात्र बाँकी रहेको बेला यसरी भागेका हुन् |
नेपालको पन्चपुरी नगरपालिका र कोरियाको पोछन नगरपालिका बीच यहाँको कृषि कार्यमा सहयोग गर्ने समझदारी अनुरुप ९० दिनका लागि सि-९ भिसामा ४१ जना नेपाली मौसमी कामदारको रुपमा कोरिया आएका थिए । अहिले तिनीहरु सबै अक्टोबर १४ देखि हराउन थालेको जनाएको छ ।
भागेका १७ जना नेपालीको बारे पोछन नगरपालिकाको एक अधिकारीका अनुसार उनिहरुको फर्कने दिन नजिकिदै गरेको बेला यसरी कामदारहरु हराउँदा यसबाट धेरै समस्याहरू आउन सक्ने चिन्ता गरेका छन् ।
कोरियामा विशेष गरि कृषि क्षेत्रमा कामदार परिपुर्ति गर्नकालागी २०१५ बाट विभिन्न देशबाट मौसमी कामदारको रुपमा ९० दिनका लागी कामदार ल्याउन सुरु गरेको हो ।
मौसमी कामदारहरु ९० दिन भन्दा बढी बस्न पाउँदैनन् । यहँको कुनै एउटा नगर र अर्को देशको कुनै एउटा नगर बीच सम्झौता गरेर यस्तो कामदार ल्याउने गरिएको छ । १७ जना मौसमी भागे संगै नेपाल फेरी त्यस्तो सुबिधा पाउने या नपाउने बिषयमा कोरिया सरकारको गम्भीर ध्यान आकर्षण भएको जनाइएको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस