इलाम-देउमाई नगरपालिकास्थित राँकेका प्रकाश बस्नेतलाई साङ्गीतिक क्षेत्रमा रमाउँदा रमाउँदै विदेश जानुपर्ने बाध्यता आइलाग्यो । घरमा आर्थिक समस्या भएपछि बस्नेत आफ्नै मामाको सल्लाहमा दक्षिण कोरिया हानिए ।
रोजगारीकै लागि उनी कोरिया त पुगे तर, सोचे जस्तो भएन । ठूलो लगानी र धेरै परिश्रम खर्चिएकाले फर्किहाल्ने स्थिति रहेन । उनी डेढ वर्षभन्दा बढी समय कोरियामा टिक्न सकेनन् । जति बेलै गाउँघरकै यादले सतायो र अन्ततः स्वदेशमै केही गर्ने अठोटसहित उनी नेपाल फर्किए । विदेशबाट फर्किएपछि उनले जिल्ला सदरमुकाममा बसेर कोरियाली भाषा पढाउन थाले ।
उनी निरन्तर भाषा पढाउनै लागि परे । खाडी मुलुकमा भौंतारिनेको लहड बढेका बेला कोरिया जान तम्सिने गाउँमा धेरै नै थिए । एक्ला बस्नेतले सबैलाई अध्यापन गराउन सक्ने कुरा भएन तर, उनले हिम्मत भने हारेनन् । राम्रो कमाइ भएसँगै उनलाई कुनै नयाँ व्यवसायमा लगानी गर्न मन भयो । यत्तिकैमा उनले आफ्नै गाउँ राँकेमा ठूलै लगानीमा होटल खोल्ने विचार गरे । आफ्नै जग्गामा तीन करोड रुपैयाँ लगानी गर्दै चार तले घरमा बस्नेतले होटल शुरु गरे । करीव डेढ वर्षअघि खोलेको यो होटलले उनलाई राम्रै प्रतिफल दिइरहेको छ ।
आयातितलाई भन्दा पनि स्थानीय परिकारलाई प्राथमिकता दिन थालेपछि होटलमा ग्राहकको समेत आगमन बढेको बस्नेत बताउँछन् । अहिले उनको होटलमा दैनिक ५० भन्दा बढी मानिस बास बस्छन् । उनले भने – ‘मेची राजमार्ग हुँदै ताप्लेजुङको पाथिभरा जानेहरुको ठूलै जमात होटलमा बस्न आउँछन् । ग्रामीण परिवेशको खानेकुरा खुवाउँदा ग्राहक खुशी हुन्छन् ।’
उनको होटलमा पाँच जनाले रोजगारी पाएका छन् । बैठक कोठाको समेत व्यवस्था भएको यस चामु होटलमै भविष्यमा स्थानीय वस्तुको प्रशोधन गर्ने एउटा कारखाना खोल्ने उनको सोच छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस