काठमाडाैं-जापान रोजगारीका लागि पहिलो चरणमा नर्सिङ केयरगिभरमात्रै जान पाउने भएका छन्।१४ क्षेत्रका लागि कामदार लैजाने निर्णय गरेको जापानले पहिलो चरणमा नर्सिङ केयर गिभर लैजाने तयारी गरेको हो।
नर्सिङ केयरगिभरका लागि अक्टोबर २७, २८ र २९ गते जापानी भाषाको परीक्षा मिति तोकिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
अघिल्लो वर्ष जापानको मन्त्रिमण्डलले नेपाललगायत विभिन्न ९ मुलुकबाट १४ क्षेत्रमा काम गर्ने श्रमिक आपूर्ति गर्ने निर्णय गरेको थियो।सोही निर्णयअनुसार नेपाल जापानका रोजगारदाताका लागि श्रमिक आपूर्ति गर्ने सूचीमा परेको हो।
जापानले आगामी पाँच वर्षसम्म सूचीकृत नौ मुलुकबाट करिब साढे ३ लाख श्रमिक लैजाने घोषणा गरेको छ। नेपालबाट कति लैजाने भन्ने निर्णय नभएको बताइएको छ।
नर्सिङ केयरगिभरका रुपमा लैजाने कामदारको परीक्षा केन्द्र डिल्लीबजारस्थित युनिभर्सल ल्याङ्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट तोकिएको हो। उक्त परीक्षाका लागि पहिलो चरणमा १ हजार आवेदन लिने जनाइएको छ।
नर्सिङ केयरगिभरको सिप परीक्षा ६० मिनेटको हुनेछ, जसमा ४५ वटा प्रश्न सोधिने छन्।
परीक्षा कम्प्युटर–बेस्ड टेस्टिङ विधिबाट लिइने छ। ४५ प्रश्नमध्ये ४० लिखित र बाँकी ५ प्रश्न व्यावहारिक प्रश्न हुने छन्।
नर्सिङ केयर जापानिज ल्याङ्ग्वेज इभ्यालुयसन टेष्टमा भने १५ वटा प्रश्नहरु सोधिने छ। दुवै परीक्षाका लागि एक हजार जापनिज येन शुल्क लाग्ने छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस