सोल- दक्षिण कोरियाको इन्छन विमानस्थलमा एक महिनादेखि अलपत्र परेका ५ नेपाली स्वदेश फिर्ता भएका छन्।
सुर्खेतको पञ्चपुरी नगरपालिका र कोरियाको पोछन नगरपालिकाबीच भएको सहमतिअनुसार त्यहाँ पुगेका नेपाली अलपत्र परेका थिए। गत अगष्ट १२ मा कलकत्ता विमानस्थलबाट कोरिया उडेका उनीहरु कोरिया प्रवेश गर्नु अगावै भिसा रद्द भएपछि इन्छन विमानस्थलमा अलपत्र परेका थिए।
उनीहरुले मौसमी कामदारको रुपमा पोछन नगरपालिकाले सम्झौता गराएर आफूहरूलाई ल्याईएपनि बिनासूचना भिसा रद्द गरिएको भन्दै कोरियामा नै काममा लगाउन माग गरेका थिए।
लामो समयसम्म विमानस्थलमै बसेका उनीहरुलाई गत शनिबार यहाँको नगरपालिकाले नेपाल फर्किने टिकट उपलब्ध गराएर फिर्ता गराएको बताइएको छ।
उनीहरुले यहाँको नगरपालिकासँग भिसा रिन्यू गराउन असंभव भए नेपालबाट पुन: कोरिया आउन पाउने गरी सम्झौता गराइदिन माग गरेका थिए। तर नगरपालिकाले अस्विकार गरेको थियो।
नगरपालिकाले नेपाल फर्कने टिकटको शुल्क दिने बाहेक अन्य कुनैपनि सहयोग गर्न नसकिने बताएपछि उनीहरु नेपाल फिर्ता भएका हुन्।
सुर्खेतको पञ्चपुरी नगरपालिकाले कोरियाको ख्यङगीदो प्रान्तको पोछन नगरपालिकासँग ३ महिनाका लागि मौसमी कामदार पठाउने सम्झौता गरेपनि नगरपालिकाले गैरजिम्मेवारीपूर्वक दलाललाई जिम्मा लगाएर पठाएको थियो।
नगरपालिकाले स्थानीय तहलाई कामका लागि युवा विदेश पठाउने क्षेत्राधिकार नभए पनि युवाहरुलाई कोरिया पठाएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस