सोल- कोरियाको मौसमी कृषि कार्यमा काम गर्ने विदेशी कामदारहरूको बसोबास अवधि ३ महिना देखि ५ महिना सम्म विस्तार गर्ने न्याय मन्त्रालयले जनाएको छ।
मन्त्रालयले मौसमी कामदारहरूको लागि नयाँ भिसा प्रकार – E-८ स्थापित गर्न अध्यागमन कानूनमा संशोधन गर्ने योजनाको घोषणा गरेको हो। यो नयाँ नियम नोभेम्बरमा मन्त्रिपरिषद्को बैठकमा स्वीकृति पश्चात लागू हुने अपेक्षा गरिएको छ।
हालको कानून बमोजिम, आप्रवासी कामदारहरूले C-4 भिसामा देश प्रवेश गर्न सक्दछन्, जसले यहाँ ९० दिनसम्म रोजगारीको अनुमति दिन्छ, र त्यस्ता कामदारहरू प्राय: खेतीपाती मौसममा अतिरिक्त मद्दत चाहिएको फार्महरूमा काम गर्दछन्।
तर फार्म मालिकहरूले भने केहि प्रकारका कामका लागि ९० दिन मात्र पर्याप्त नहुने गुनासो गरेका छन्।
सरकारी अध्ययनले देखाए अनुसार देशमा प्रतिवर्ष ग्रामीण क्षेत्रमा २०,००० मौसमी कामदारहरूको अभावमा छ: गत वर्ष २,८२४ विदेशीहरूले मौसमी कामदारको रूपमा काम गरेका थिए जबकि माग २२,००० थियो।
मन्त्रालयले आफ्नो प्रेस विज्ञप्तिमा भने, ‘९० दिनको अवधिमा विदेशी कामदारहरूले स्थानीय सरकारबाट शिक्षा प्राप्त गर्ने, नयाँ वातावरणमा बसोबास गर्ने र अवधिको अन्त्यमा प्रस्थानको लागि तयारी गर्नु पर्ने हुदा उनीहरूले खेतहरूमा काम गर्ने समय ९० दिन भन्दा कम हुने भएकाले अवधि बढाउन माग गरिएको छ’ , मन्त्रालयले आफ्नो प्रेस विज्ञप्तिमा भनेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस