टोकियो- जापान सरकारले बिदेशी कामदार भित्र्याउने कार्यविधि बनाए संगै परीक्षा समेत संचालन गर्न शुरु गरेको छ |
१४ प्रकारका कम्पनीहरुमा बिदेशी कामदार भित्र्याउने योजना बनाएको जापान सरकारले पहिलो चरणमा रेस्टुरेन्ट क्षेत्रमा परीक्षा संचालन गरेको छ |
नेपाल लगायत बिभिन्न देशबाट कामदार ल्याउन लागेको जापानले सम्बन्धित देश मै परीक्षा संचालन गर्ने योजना बनाए पनि पहिलो चरणमा जापानमै परीक्षा संचालन गरिएको हो |
उसले अन्य भिसामा आएकालाई परीक्षा उतीर्ण गरे कामदार भिसामा परिवर्तन गराउने छ |
सरकारले तय गरेको योजना अनुसार रेस्टुरेन्ट,होटेल,केयर गिभर र भवन सफाई संग सम्बन्धित चार प्रकारका कम्पनीहरुमा परीक्षा संचालन गर्न लागेको हो |
जापानको कानुन मन्त्रालयका अनुसार केयर गिभरका लागि नेपाल,कम्बोडिया,मंगोलिया,फिलिपिन्स र म्यान्मार गरि चार देशमा परीक्षा संचालन गर्ने तयारी गरिरहेको छ |
केयर गिभरका लागि नेपालमा कार्तिक १० र ११ गते लिखित परीक्षा हुँदै छ भने कार्तिक १९ र २० गते सीप परीक्षा हुने कार्यक्रम रहेको छ |
नेपालका लागि शुरुमा केयर गिभरका लागि परीक्षा संचालन गरिएपछि अन्य क्षेत्रका लागि परीक्षा संचालन गर्ने जापान सरकारको नीति छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस