सोल-नेपाल कृषि प्रधान देश हो | यहाँ ८१ प्रतिशत भन्दा बढी कृषिमै आश्रित छन् तर पनि आत्मा निर्भर बन्न सकेको छैन | बर्षेनी कृषिजन्य बस्तुहरु भारत,चीन र तेश्रो मुलुकबाट अर्बौंको आयात गरिंदै आएको छ | अधिकांश नेपाली कृषिमा आश्रित भए पनि आतामनिर्भर हुन नसक्नुको मुख्य कारण परम्परागत कृषि प्रणाली नै हो |
परम्परागत कृषि प्रणालीले उत्पादकत्व वृद्धि हुन सकेको छैन | उत्पदलाव बढाउँ आधुनिक कृषि प्रणाली अपनाउनु पर्दछ | यस्तै अवस्थामा रोजगारी गर्न दक्षिण कोरिया गएका युवाहरुले त्यहाँको आधुनिक कृषि प्रणालीको अध्ययन अवलोकन गरिरहेका छन् |
कोरियाको आधुनिक प्रणाली नेपाल भित्र्याउनुपर्छ र त्यहाँ गएका नेपाली युवालाई कृषि तालिम दिनुपर्छ भन्ने अभियान सबै भन्दा पहिला किम्हे माइग्रेन्ट हाउसका संस्थापक यज्ञराज सुवेदीले संचालन गरेका थिए | सुवेदीले बिगत ३ बर्षदेखी यो अभियान संचालन गर्दै आइरहेका छन् | बिभिन्न नगरपालिका र गैर नाफामुलक संस्थासंगको सहकार्यमा चरणबद्ध दिइन्दै आएको छ |
यो अभियान अन्तर्गत अहिले नेपाली युवाले ५ हप्ते अर्गानिक कृषी तालिम लिइरहेका छन् | खाया इन्टरनेशनल र सउल महानगरपालिकाको संयुक्त प्रयोजनमा सो तालिम दिइएको हो | हरेक आइतबार हुने तालिमलाई अवसरको रुपमा नेपाली युवाले लिएको सहभागी यम श्रेष्ठले बताए |
नेपाल कृषिको प्रचुर सम्भावना भएकोले यहाँ सिकेको सिप लिएर फर्के पछि व्यावसायिक रूपमा कृषि क्षत्रमा काम गर्ने लक्ष रहेको तालिममा सहभागी युवाहरुको लक्ष छ |
सहभागीलाई उब्जनि राम्रो गर्न उर्वर माटाे बनाउने, मल बिषाधि किटनाशक औसधि बनाउने र प्रयोग गर्ने, यहाँको कृषि गर्ने तरिका, खेती विधि, बीउ रोप्ने, हुर्काउने, गोडमेल स्याहार सुसार गर्ने, फल टिप्ने भण्डार तथा ब्यबस्थापन गर्ने बारेमा तालिम दिइएको छ |
संस्थाका कार्यकारी निर्देशक छे सुन थेले आधुनिक औजार सहित कृषी बिज्ञको टोलि नेपाल गएर पनि तालिम र सहयोग गर्न सकिने बताएका छन |
नेपाली युवालाई कृषिविद सिन सुन ख्योले खेती ज्ञान, तालिम, अध्ययन, परिक्षण,माटाे,बीउ बिजन,प्रबिधिको प्रयोग, बैज्ञानिक प्रणाली, आधुनिक कृषि प्रणाली र औजार प्रयोग,ग्रीन हाउसको प्रयोग,किटनाशक बिषाधिको प्रयोग,थोपा सिचाइ प्रणाली तथा सिचाइ ब्यबस्था, भण्डारण तापक्रम,बिक्री वितरण तथा बजार ब्यबस्थापन, प्याकिङ र यातायात गरि १६ बिषयमा तालिम दिइएको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस