काठमाडौं-लिबियाको राजधानी त्रिपोलीस्थित बन्दी गृहमा भएको आक्रमणमा एक नेपालीको ज्यान गएको छ भने ८ नेपालीको उद्धार गरेर नेपाल पठाइएको छ।
आप्रवासीसम्बन्धी अन्तर्राष्ट्रिय संस्था (आइओएम) ले इजिप्टस्थित नेपाली दूतावासलाई दिएको जानकारी अनुसार लिबियाको ताजौरा बन्दी केन्द्रमा भएको आक्रमणमा नेपाली नागरिक सन्तोष श्रेष्ठको ज्यान गएको हो |
आक्रमणमा परेका श्रेष्ठलाई उपचारका लागि अस्पताल पुर्याएपछि मृत घोषित गरिएको थियो। आक्रमणमा धेरै आप्रवासी र शरणार्थीको निधन भएको आइओएमले जनाएको छ।
लिवियामा रहेका अन्य ८ नेपालीलाई उद्धार गरी नेपाल फिर्ता पठाइएको छ।
उनीहरु बुधबार साँझ ५ बजेको टर्किस एअरलाइन्सको विमानबाट नेपाल फर्केका हुन्। अहिले पनि त्रिपोलीस्थित आइओएमको शिविरमा ६ नेपाली रहेको दूतावासले जानकारी दिएको छ।
पछिल्लो दुई महिनामा २६ नेपालीलाई लिबियाबाट उद्धार गरी नेपाल पठाइएको छ।
यीमध्ये धेरैजसोलाई लिबिया हुँदै इटाली पठाउन ल्याइएको पनि दूतावासले जानकारी दिएको छ। लिवियामा रहेका नेपाली शान्ति सेनाले यसबारे समन्वय गरिरहेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस