काठमाडौं-श्रीमान् बिदेशिएको पांच बर्ष भएको थियो |दुई बर्ष सम्म त उनलाई खासै चासो थिएन |आउछु भनेका थिए | बिदा मिलाउदै होलान भन्ने भद्रपुर नगरपालिका वडानम्बर २ बस्दै आएकी पार्वती चाम्लिङ्गलाई लाग्यो | ‘छोरा तीन बर्ष पुग्यो’उनि भन्छिन ‘छोरा ६ महिनाको हुँदा सासुससुरासंग राखेर हिडेका थिए | ‘
श्रीमानले हिड्ने बेलामा भनेको शब्द उनलाई अहिले पनि याद छ | ‘तिम्रै शुख र खुशीको लागि हिडेको,राम्रो संग आमाबुबा र बाबुको स्याहार गर्नु |’
बिदेश गएका श्रीमान पांच बर्षसम्म पनि नआएपछि उनलाई कति कुर्नु भयो |श्रीमानले पठाएको करिब २० लाख रुपैयाँले जग्गा किनिन | बैंकमा छुट्टै खाता खोलिन | ‘सासु ससुरा र बाबुको स्याहारमा व्यस्त थिएँ’उनि भन्छिन ‘पछि आफ़्न्प जिन्दगि देख्दा कहाली लाग्न थाल्यो | यो उमेर , यो समय मा किन एक जनाको प्रतीक्षामा खेर फालिरहेको छु भन्ने लग्यो | कति कुरी बस्नु त ?अनि फेसबुकमा उनले एकजना साथी भेटिन | जो पेशाले ड्राइभर थिए | ‘हाम्रो मन मिल्यो,सुख-दुख पेश-ब्याबसाय गरेर बस्ने भनेर नयाँ जीवन शुरु गरें’ उनि भन्छिन | उनि घर छोडेर हिंडेको तीन महिनापछि श्रीमान घर फर्के | पांच बर्ष कुर्दा नआएको मान्छे मैले छोडेको तीन महिनामा आयो |’ उनि भन्छिन ‘मैले उसको केहि बिगारेको छैन अलिकति पैसा चाही छोरा र आफ्नो लागि राखेको छु | अहिले उसले मुद्धा हाल्ने बारे बुझ्दै हिडेको छ भन्ने सुन्दै छु |
बिर्तामोड-४ कि २८ बर्षीय सोनी सापकोटा चिया बगानमा पात टिप्ने काम गर्थिन | बिहे भएको एक बर्ष पछि श्रीमान युएइ लागे | महिनाको ३५ हजार तलब थियो | महिनाको २५ हजार घर पठाऊथे पैसा सोनिकै नाममा आउथ्यो | बिदेशिएका ६ महिनापछि श्रीमानले उनलाई काम छोड्न भने | उनि घरमै बस्न थालिन | फेसबुकमा उनको चिनजान झापाकै एक जनासंग भयो | उनीहरु नजिकिए | एकअर्का बिना बच्न नसक्ने भए | श्रीमानले पठाएको पैसा उही ब्यक्थिको निम्ति खर्चिन थालिन सोनीले | घुम्न जाँदा होटेलको खर्च आफै उठाउथिन |पछि प्रेमीले डेढ लाख रुपैयाँ सापटी भनेर लग्यो | विदेशमा पनि श्रीमानलाई कसैले कुरा लगायो | ‘ श्रीमानले मलाई खुरुक्क निस्केर जा नत्र मा आए पछि निकाल्छु भनेपछि म निस्केर हिंडे ‘सोनीले ‘भनिन अन्तिममा घरको न घाटको भैयो | अहिले फेरी चिया बगानमा काम शुरु गरेको छु |’
बैदेशिक रोजगारमा जाने बित्तिकै श्रीमतीहरु एक्लो महसुस गर्छन |’माया भरोसा र विश्वाशको मुख्य पात्रबाट बिछोदिएर बस्नु परेको पिडामा कोहि दोश्रो दोश्रो व्यक्तिले केहि प्रेम,दया, देखाइदिन्दा पनि दंग पर्ने र विश्वाश गरिहाल्ने प्रवृतिले थुप्रै घर भताभुङ्ग भएका छन् |’ भद्रपुर नगरपालिकाका उपमेयर चन्द्रमाया श्रेष्ठ भन्छिन |
उपमेयर श्रेष्ठका अनुसार स्थानीय न्यायिक समितिमा आउने मुद्धा मध्ये ६० प्रतिशत बैदेशिक रोजगारीले सिर्जना गरेको समस्या सम्बन्धी हुने गरेको छ |-सम्पूर्णबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस