काठमाडौं-जापानले नेपालबाट पहिलो वर्ष ‘नर्सिङ कियर गिभर’ को क्षेत्रमा दक्ष कामदार मात्रै लैजान अक्टोबरमा काठमाडौंमा सीप र भाषाको परीक्षण गर्ने टुंगो लागेको आजको कान्तिपुर दैनिकले समाचार छपेओ छ |
जापानले नेपालबाट १४ वटा क्षेत्रमा दक्ष/अदक्ष कामदार लैजाने सहमति गरे पनि पहिलो वर्ष नर्सिङ कियर गिभरको क्षेत्र छनोट गरेको हो ।
५ वर्षभित्र नर्सिङ क्षेत्रमा जापानले ६० हजार विदेशी कामदार लैजाने भएको छ । नेपालबाट मात्रै लैजाने संख्या भने सार्वजनिक गरेको छैन । कम्पनीले माग गरेअनुसार कामदार छनोट हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
दुई देशबीचका श्रम अधिकारीबीच भएको ‘भिडियो कन्फ्रेन्स’मा जापानी अधिकारीहरूले नर्सिङ क्षेत्रमा नेपालीलाई प्राथमिकतामा राखिएको जनाए । श्रम समझदारीपछिको यो पहिलो भिडियो कन्फ्रेन्स बैठक भएको हो । यसलाई प्राविधिक समितिको बैठक नभनिए पनि यसमा भएका विषय सरकारी रेकर्डमा राख्न दुवै पक्ष सहमत भएको श्रम मन्त्रालका सहसचिव उमेश ढुंगानाले बताए ।
जापानमा सरकारी संयन्त्रबाटै कामदार पठाइनेछ । कामदार पठाउन म्यानपावरको संलग्नतालाई स्वीकार गरिएको छैन । कामदार लैजाने प्रक्रिया अगाडि बढेपछि दुवै देशले एकआपसमा सिधा सञ्चार तथा समन्वय गर्न सम्पर्क व्यक्ति तोकेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहसचिव ढुंगानालाई सम्पर्क व्यक्ति (फोकल) तोकेको छ । ‘वैदेशिक रोजगार विभागअन्तर्गत जापानको इकाई बनाउने प्रारम्भिक काम भइसकेको छ । एकजना निर्देशकलाई तोकिसकेका छौं,’ ढुंगानाले भने ।
जापानले पहिलोपटक श्रम भिसामा दक्ष/अदक्ष विदेशी कामदार लैजाने प्रक्रियाको ‘मोडालिटी’ बनाउन ढिलाइ भएको हो ।
उसले गत अप्रिलबाटै विदेशी कामदार लैजान सुरु गर्ने जनाएको थियो । ‘परीक्षणका रूपमा भियतनाम र फिलिपिन्सबाट कामदार ल्याउने योजना बनाएको रहेछ । अहिले फिलिपिन्सबाट मात्रै ल्याउन थालिएको छ,’ ढुंगानाले भने, ‘छानिएका बाँकी मुलुकबाट क्रमशः कामदार आपूर्ति गर्नेछ ।’
‘नर्सिङ केयर’का लागि अक्टोबरमा भाषा परीक्षण गर्न जापानले अन्तर्राष्ट्रिय कम्पनी ‘प्रो म्याट्रिक’लाई जिम्मा दिएको छ । सीप परीक्षण गर्न जापान फाउन्डेसनले पनि एउटा अन्तर्राष्ट्रिय संस्थालाई तोकेको छ । सीप र भाषा दुवै कम्प्युटरमा आधारित हुनेछ । ‘परीक्षा सकिएलगत्तै परीक्षार्थीले पास र फेल थाहा पाउनेछन्,’ ढुंगानाले भने, ‘एकपटक भाषामा पास भएपछि १० वर्षसम्म मान्यता पाउनेछ ।’
मन्त्रालयका अनुसार भाषा परीक्षाका लागि २५ सय जापानी येन, सीप परीक्षाका लागि एक हजार येन र नर्सिङ क्षेत्रका लागि एक हजार येन गरी ४५ सय जापानी येन शुल्क लाग्नेछ ।
सरकारी समझदारीअनुसार भिसा प्रक्रियामा लाग्ने र टिकट खर्च रोजगारदाताकै जिम्मेवारीभित्र पर्नेछ । जापानले ९ स्रोत मुलुकबाट ५ वर्षभित्र १४ वटा क्षेत्रमा ३ लाख ४२ हजार विदेशी श्रमिकलाई भर्ना गर्ने निर्णय गरेको थियो । ‘अन्य भिसामा जापान पुगेका नेपालीमध्ये ७० जनालाई जापानले श्रम भिसामै काम दिन छनोट गरिसकेको छ,’ ढुंगानाले भने ।
जापानमा यसअघि औद्योगिक प्रशिक्षार्थी कामदारका रूपमा एक दशकको अवधिमा दुई सय कामदार गइसकेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिटो) सँग सम्झौता गरी औद्योगिक प्रशिक्षार्थी कामदार पठाइरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस