सोल -रोजगारीको हिसाबले आकर्षक मानिएको दक्षिण कोरियामा विदेशीको संख्या दिन–प्रतिदिन बढ्दो छ । गएको एक दशकमा विदेशीको संख्या पहिले भएको संख्याको दोब्बर पुगेको यहाँको न्याय मन्त्रालयले प्रकाशित गरेको एक तथ्यांकले देखाएको छ ।
प्रकाशित तथ्यांक अनुसार सन् २०१६ सम्मको तथ्यांकमा पनि कोरियामा रहेका विदेशी मध्ये सबै भन्दा बढि चीनिया छन् । दोश्रोमा भियतनामीहरु रहेका छन् । सन् २००६ मा ९ लाख १० हजार रहेको बिदेशीको संख्या सन् २०१६ को अन्तिमसम्म आइपुग्दा बढेर २५ लाख भन्दा माथि पुगेको कोरियाली न्याय मन्त्रालयले बताएको छ ।
पछिल्लो समयमा बिदेशीको संख्या ह्वात्तै बढ्नुमा बिभिन्न क्षेत्रमा कोरियन कामदारको अभाब नै मुख्य कारण मानिएको छ ।
चिनियाहरुको संख्या कुल बिदेशीको संख्याको झन्डै आधा जति अर्थात ११ लाख भन्दा बढी छ भने भियातनामिको झन्डै डेढ लाखको हाराहारीमा छ । त्यस्तै तेस्रो स्थानमा रहेको अमेरिकनको संख्या १ लाख चालिस हजार भन्दा माथि रहेको बताइएको छ ।
कोरिया सरकारले बार्षिक रुपमा बिभिन्न देशबाट ५० हजार भन्दा बढि कामदार ल्याउने गरेको छ । हाल कोरियामा कार्यरत नेपालीको संख्या ४० हजार नाघिसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस