काठमाडौं – मलेसिया मलेसिया सरकारले अवैधानिक आप्रवासी श्रमिकलाई अस्थायी ‘वर्क परमिट’ दिने घोषणा गरेको छ । विभिन्न क्षेत्रमा कामदार अभाव भएको र कामदार अभावकै कारण उद्योग सञ्चालनमा समस्या भएको गुनासो बढ्दै गएपछि सरकारले यस्तो निर्णय गरेको हो ।
गैरकानुनी हैसियतमा रहेका आप्रवासी श्रमिकलाई कानुनी दायरामा ल्याउन पटकपटक प्रयास गरेको मलेसिया सरकारले अस्थायी रूपमा काम गर्ने अनुमतिपत्र दिन लागेको यहाँका सञ्चार माध्यमले जनाएका छन् ।
मलेसियाका उपप्रधान तथा गृहमन्त्री दातुक सेरी अहमद जाहिद हमिदीलाई उद्धृत गर्दै सञ्चार माध्यमले जनाएअनुसार अवौधानिक आप्रवासीले तत्काल नै अस्थायी वर्क परमिट पाउने भएका छन् । मलेसिया सरकारको यो घोषणासँगै मलेसियामा रहेका हजारौं अवौधानिक नेपाली श्रमिक लाभाविन्त भएका छन् ।
‘मलेसियामा रहेका अवैधानिक आप्रवासी श्रमिकलाई अस्थायी ‘वर्क परमिट’ दिने घोषणा गरिएको छ । अब अवैधानिक आप्रवासीले वैधानिक बन्न कुनै दण्ड जरिबाना तिर्नुपर्ने छैन’, गृहमन्त्रीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । मलेसिया अध्यागमनले अवैधानिक आप्रवासीका लागि ‘वर्क पास’ उपलब्ध गराउने र वर्क पास लिएकाले सरकारी लेवी भने तिर्नु पर्नेछ ।
यो घोषणासँगै मलेसिया सरकारले चारवटा क्षेत्रमा आप्रवासी श्रमिक लिने भएको छ । सन् २०२० सम्मका लागि खानी, पर्यटन ,कृषिलगायत क्षेत्रमा थप विदेशी कामदार मलेसिया सरकारले लिने भएको छ । यी क्षेत्रमा पछिल्लो पटक कामदार अभाव देखिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस