काठमाडौं – युरोपेली मुलुक लिथुएनियामा नेपाली कामदारका लागि खुला गर्न भन्दै सिफारिस प्रतिवेदन पेश भएको छ । सरकारले गठन गरेको अध्ययन समितिले लिथोएनियामा नेपाली कामदारलाई संस्थागत श्रम स्वीकृति दिन सकिने भन्दै सिफारिस गरेको हो ।
समितिका सदस्य तथा वैदेशिक रोजगार विभागकी प्रवक्ता रमा भट्टराईले कामदारका लागि आवश्यक वातावरण लिथोएनियामा राम्रो देखिएकाले सिफारिस गरिएको बताइन् ।अब श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीका लागि लिथुएनिया खुलाउने निर्णय मन्त्रिपरिषदमा लैजाने तयारी गरेको छ ।
पोल्याण्ड र रसियाको नजिकै पर्ने लिथुएनियामा युरो मुद्रा चल्ने गर्छ । त्यहाँको मानव अधिकारको अवस्था कस्तो छ ? आप्रवासी कामदारलाई कस्तो व्यवहार गरिन्छ ? पारिश्रमिक दर कस्तो छ ? श्रम कानुुन कामदारमैत्री छ कि छैन ? भन्ने लगायतका विषयमा अध्ययन गरिएको दावी सरकारको छ ।
सरकारले लामो समय लगाएर लिथोएनियामा कामदार पठाउने/नपठाउनेबारे अध्ययन गरेको दावी गरेको छ । त्यहाँका विभिन्न उद्योगहरुबाट नेपाली कामदारको माग आएपछि सरकारले अध्ययन थालेको थियो ।
यसअघि लिथुएनियाबाट ईंटा भट्टामा काम गर्ने मजदुरदेखि दक्ष डाक्टर, नर्स, इञ्जिनियर लगायतको पनि माग आएको थियो । म्यानपावर व्यवसायीले डिमान्ड, पारिश्रमिक र रोजगारदाताका शर्तहरुसहित संस्थागत रुपमा लिथुएनिया खोल्न माग गरेका थिए ।
लिथुएनिया सरकारले भने कामदारको न्युनतम् तलव मासिक ३ सय ५० युरो अर्थात ४२ हजार रुपैयाँ तोकेको छ । म्यानपावर कम्पनीहरुले भने दक्ष कामदारका लागि लिथुएनियामा आकर्षक तलव रहेको भन्दै अनुमतिका लागि दबाव दिएका थिए ।
म्यानपावरमार्फत आएको मागमा व्यक्तिगत श्रम स्वीकृति सम्भव नभएपछि सरकारले लिथुएनियामा संस्थागत रुपमा कामदार पठाउन अनुमति दिने तयारी गरेको हो । लिथुएनियाबाट दक्ष तथा अर्धदक्ष कामदारको माग भएको छ ।केही म्यानपावरहरुले लिथुएनियाबाट निर्माण, औद्योगिक तथा सेवा क्षेत्रका उद्योगहरुमा लैजान अनुमति मागेका थिए । उनीहरुले झण्डै १२ सय कामदारको डिमान्ड ल्याएपनि ति प्रस्ताव भने मन्त्रालयले अस्वीकृत गरिसकेकेो छ ।
अब आउने नयाँ र उपयुक्त डिमान्डलाई मात्रै स्वीकृत गर्ने गरी लिथोएपनिया रोजगारीका लागि खुला गरिनेछ । युरोपियन देश लिथुएनिया रसियाबाट स्वतन्त्र भएको देश हो, जहाँको प्रतिव्यक्ति आय २८ हजार डलरभन्दा माथि छ ।
पोल्याण्ड, बेलारुस लगायतका देशसँगै रहेको यो देशमा आर्थिक गतिविधि बढेपछि पछिल्लो समय कामदारको माग बढिरहेको सरकारको पनि निश्कर्ष छ । आर्थिक रुपमा सबल बन्दै गरेको लिथुएनियाले विशेषगरी निर्माण र औद्योगिक क्षेत्रमा विदेशी कामदार लिने गरेको छ ।
मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै लिथुएनियाको आर्थिक, कानुनी तथा सामाजिक अवस्थाबारे बुझ्नका लागि अनुरोध गरेको थियो । त्यसमा परराष्ट्रले सकारात्मक जवाफ दिएको प्रवक्ता भट्टराईले जानकारी दिइन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस