रोजगारीका लागि विदेशिने युवाहरुका लागि दक्षिण कोरिया सपनाको देश हो । कोरिया भाषा परीक्षा ईपीएसका लागि आवेदन दिन लाग्ने नेपाली युवाहरुको लाइनले पनि त्यसलाई पुष्टि गर्छ ।
नेपालीहरुले कोरिया पुगेर राम्रै कमाइ गरिरहेका पनि छन् । तर, बेलाबेलामा कोरियाबाट दुःखद खबर आउँछ, नेपालीले आत्महत्या गरे ।
यस्तो किन त ? कोरियास्थित नेपाली दूतावासमा झण्डै साढे तीन वर्ष श्रम सहचारीका रुपमा काम गरेका अनिलकुमार गुरुङ भन्छन्, ‘कहिलेकाहीँ घरले पनि मार्छ ।’ त्यति मात्र होइन, थुप्रै नेपालीहरु डिप्रेशनको सिकार भएको उनको दाबी छ ।
उनका अनुसार, दक्षिण कोरिया ‘कामको देश’ हो, जहाँ नेपालीहरुले सोचे जस्तो सजिलो नहुन पनि सक्छ ।
गुरुङले कोरियामा नेपाली कामदारसँग जोडिएका नौ प्रसंग यसरी सुनाए:
नेपालीहरुमा डिप्रेशन बढ्दै छ
राम्रो कमाइ हुने सोचले कोरिया पुगे पनि त्यहाँको परिवेशमा भिज्न नसक्नेहरुलाई बढी समस्या पर्छ । हाम्रो परिवेशभन्दा बिलकुल फरक ठाउँमा पुग्दा अनेक ‘फिलिङ्स’ आउन सक्छन् । त्यहाँको जीवनशैलीसँग भिज्न नसकेपछि कतिपय डिप्रेशनमा जान्छन् ।
कोरियामा धेरै नेपाली डिप्रेशनमा जानुको कारण यही हो । यही डिप्रेशनले कतिपयलाई मृत्युको मुखमा समेत पुर्याएको छ । विरानो देशमा घर-परिवारको याद आउँछ । यसलाई व्यवस्थापन गर्ने शक्ति र तरिका आवश्यक हुन्छ । यो भएन भने मान्छेले अप्रत्यासित निर्णय गर्छ, जो दुःखद पनि हुन सक्छ ।
यहाँबाट गएको एउटा भाइले गएको सातौं दिनमै ‘दाइ
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस