काठमाडौँ – जापानमा विदेशी कामदारको संख्या दोब्बर पार्ने सरकारी योजना सार्वजनिक गरीएको छ । मुलुकको श्रम क्षेत्रमा घट्दो जनशक्तिको अभाव पूर्ति गर्न प्रधानमन्त्री सिञ्जो आबेको सरकारले विदेशी कामदारको संख्या दोब्बर पार्ने रणनीतिमा ल्याएको हो ।
प्रधानमन्त्री आबेका विशेष सल्लाहकार तथा उनको लिबरल डेमोक्रेटिक पार्टीका सांसद मासाशिको शिबायामाले गत हप्ता सिंगापुको एक सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा जापानी सरकारको नयाँ योजनाबारे खुलासा गरेका हुन् । उनका अनुसार विदेशी कामदारको संख्या दोब्बर पार्ने विषयमा जापान सरकार अहिले आन्तरिक तयारी गरीरहेको छ ।
शिबायामाले अन्तर्वार्तामा योजना अबका केही वर्षभित्रै लागू हुने जनाएका छन् । जापान सरकारको यो निश्चित लक्ष्य त होइन तर जापानको श्रम बजारमा घट्दै गएको जनशक्तिको अभाव पूरा गर्न विदेशी कामदारको संख्या दोब्बर बनाउँनुको विकल्प पनि रहने छैन -उनले भनेका छन् ।
त्यसैले धेरै भन्दा धेरै विदेशी कामदारहरुलाई कसरी दीर्घकालीन रुपमा भित्र्याउँन सकिन्छ भन्नेबारेमा जापान सरकार गम्भीर छलफलमा रहेको पनि उनले बताए । आवश्यक परे विद्यमान अद्यागमन नीतिमा समेत परिवर्तन हुनसक्नेतर्फ उनले औल्याए ।जापान टाइम्समा समाचार छ ।
जापानमा एकातिर जेष्ठ नागरिकहरुको संख्या बढ्दै गएको छ भने अर्कोतर्फ जन्मदर अत्यन्त न्यून बन्दै जाँदा सरकार चिन्तित बनेको हो । अहिले १२७ मिलियन जनसंख्या रहेको जापानको जनसंख्या जति न्यून भए पनि कम्तीमा १ सय मिलियन अर्थात १० करोडभन्दा कम हुन नदिन जापान सरकार गम्भीर भएर लागेको छ ।
जापान सरकारको अनुमानित तथ्यांक अनुसार हाल जापानमा १९ लाख विदेशी कामदारहरु वैधानिक रुपमा कार्यरत छन् । जापान सरकारले ल्याउँन लागेको नयाँ नीति अनुसार हाल तीन वर्षका लागि दिइदै आएको भीसाको अवधि थपेर पाँच वर्ष अवधिको बनाइनेछ ।
साथै नयाँ नीति आएपछि कुनै पनि जापानी कम्पनीहरुले विदेशी कामदारहरुलाई चाहे जतिको संख्यामा राख्न पाउँनेछन् ।भारत र भियातनामबाट प्राविधिक कामदारहरु ल्याउँने विषयमा पनि सरकार अहिले वहस र छलफलमा जुटेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस