टोकियो – जापान सरकारले दक्ष विदेशी कामदारलाई कृषि क्षेत्रमा काम गर्ने अनुमति दिने भएको छ । जापान सरकारको यो अनुमतिपछि जापानका निश्चित अञ्चलमा कृषि क्षेत्रमा काम गर्नका लागि विदेशी कामदारहरुले वर्किङ भिसा पाउँनेछन् । साथै जापान सरकारले घरेलु कामदारका लागि पनि विदेशीलाई वर्किङ भिसा दिनेबारेको निर्णय अर्को वर्षसम्ममा गरिसक्ने जनाएको छ ।
जापानको कृषि क्षेत्रमा देशिएको कामदारको अभावलाई पूर्ति गर्ने जापानको श्रम मन्त्रालयले विदेशी कामदारलाई अनुमति दिने निर्णय गरेको हो । यस्तो योजनमा जापान सरकार पहिले देखी नै छलफल गर्दै आएको थियो । त्यही योजना अनुसार मंगलवार सरकारले अद्यागमन कानूनमा संशोधन गर्ने औपचारिक निर्णय गरेको हो ।
साथै जापानको घट्दो जनसंख्यासँगै जेष्ठ नागरिकहरुको संख्या समेत बढ्दै गएपछि तिनीहरुको सहयोग र हेरविचारका लागि घरेलु कामदारमा विदशी कामदार झिकाउने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।
सल्लाहकार परिषदको मंगलवार भएको छलफलपछि प्रधानमन्त्री शिञ्जो अबेले कृषि क्षेत्रका लागि दक्ष विदेशी कामदारलाई वर्किङ भिसा उपलब्ध गराउने निर्णय गरेका हुन् ।जापानको कृषि मन्त्रालयका अनुसार जापानमा अहिले १.९२ मिलियन नागरिक कृषि क्षेत्रमा कार्यरत छन् । यो आवश्यक जनशक्ति भन्दा झण्डै ४० प्रतिशतले कम हो ।
घरेलु सहयोगी कामदारलाई भिसा दिनेबारे औपचारिक निर्णय छिट्टै गरि आगामी वर्षको अप्रिल महिनादेखि लागू गर्ने सरकारको योजना रहेको छ । यसरी आउँने कामदारहरुले इपीए लगायतका केही परीक्षा उत्तीर्ण गर्नुपर्ने जापान टुडेले जनाएको छ ।
यो भिसा उपलब्ध भएपछि इन्डोनेसिया, फिलिपिन्स, भियातनाम, भारत र नेपाल लगायतका कामदारहरु लाभान्वित हुनेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस