माघ २ गते रिटर्नी सेन्टर नेपाल बागलुङकाे प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।
नेकपा ( माओवादी केन्द्र ) का केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला ईन्चार्ज गाेविन्द पाैडेलको प्रमुख आतिथ्यमा भएको उक्त भेलाले शिव प्रसाद शर्माकाे संयाेजकत्वमा रिटर्नी सेन्टर नेपाल बागलुङ जिल्ला सम्मेलन आयाेजक समिती गठन गरेकाे छ l प्रमुख अतिथि पौडेलले अबकाे समयलाई उत्पादन र राेजगारी सिर्जना गर्नमा लगाउनुपर्ने बताए । प्रमुख अतिथि पाैडेलले विदेशबाट सिकेर आएकाे सीप,पुँजी र अनुभवलाई देशमै लगाउने गरि रिटर्नी सेन्टर नेपाल जन्मनु सुखद भएको तथा यसकाे अभियानले विदेश जाने क्रमलाई राेक्न भूमिका खेल्नुपर्ने बताए lत्यस्तै रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेशका संयोजक तथा भेलाका अध्यक्ष ईश्वरी प्रसाद ढकालले अब हामीले परम्परागत सोच ,शैली तथा प्रणालीलाइ त्यागेर विदेशबाट फर्केका रिटर्नीहरुको श्रम ,सिप, पुजीं ,अनुभव तथा क्षमतालाई प्रयोग गरि सामुहिक रुपमा उत्पादन मुलक क्षेत्रमा लगानी गरि रोजगारको सृजना गर्ने बताए l उहालें रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेशका ११ जिल्लामा भेला सम्पन्न गरि छिटै नै प्रदेश सम्मेलन गर्ने बताए l
भेलामा देवघाट गाउँपालिकाका निर्वाचित गाउँपालिका उपाध्यक्ष तथा रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेशका सह-संयाेजक भुवन सिं गुरुङ्गले स्थानीयस्तरमा युवा जनशक्तिलाई पूँजी र कामको अभावमा विदेश पलायन हुने प्रवृत्तिलाई निरुत्साहित गर्न राज्यले सिपमुलक तालिम दिई , सुलभ र सुरक्षित व्यवसायिक कर्जा उपलब्ध गराई उद्यमशिलताको विकास मार्फत रोजगारको सृजना गर्नुपर्ने बताए l त्यस्तै रिटर्नी सेन्टर नेपाल केन्द्रीय सचिवालय सदस्य बालकृष्ण मरासिनीले रिटर्नी सेन्टर नेपाल स्थापना र यसले गर्ने कामकाे बारेमा जानकारी दिएका थिए l भेलामा गण्डकी प्रदेश सदस्य चन्द्र ब थापा,टीका कुमारी विकले अभियान सफलताको शुभकामना राखेका थिए ।
भेलामा कार्यक्रम संचालन रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेश सचिव सज्जन कुमार सिंहले गरेका थिए भने स्वागत मन्तब्य प्रदेश सदस्य रेशम केसीले गरेका थिए l
माघ ३ गते रिटर्नी सेन्टर पर्वत र म्याग्दीकाे भेला गरिने रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेशले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस