पुष १४ गते शनिबार रिटर्नी सेन्टर नेपाल गोरखा जिल्लाको सिरानचाेकमा प्रथम गाउँपालिका सम्मेलन सम्पन्न भएको छ।
रिटर्नी सेन्टर नेपालका केन्द्रिय सचिवालय सदस्य ,उत्पादन,प्रविधि तथा अन्तराष्ट्रिय विभागका प्रमुख तथा नेकपा ( माओबादी केन्द्र ) सिरानचाेक गाउँपालिका कमिटिका अध्यक्ष रमेश तुफान पण्डितको प्रमुख आतिथ्यमा सिरानचाेक गाउँपालिका वडा नं ६ का निर्वाचित अध्यक्ष प्रेम प्रसाद वस्तीको अध्यक्षतामा २१ सदस्यीय कमिटि गठन गरेका छन l सम्मेलनमा केन्द्रिय सचिवालय सदस्य पण्डितले देशमा आर्थिक मन्दीले बेरोजगारी बढेकोले अहिले विदेश जानको लागि आन्दोलन तथा गोली खाएर मर्ने स्थिति आएकोले यसको बिकल्पमा आधुनिक कृषि, प्रबिधि तथा उत्पादन मैत्री बातावरणले रोजगारी सृजना गरे समस्याको समाधान हुने बताए l उनले रिटर्नी सेन्टर नेपालले विदेशबाट फर्केका रिटर्नी साथीहरुको श्रम,सिप,पूजिं,क्षमता ,प्रबिधि तथा अनुभवलाई उपयोग गरि सामुहिक रुपमा मिलेर स्थानीय संसाधनहरु प्रयोग गरि रोजगारीको सृजना गर्ने बताए l
उक्त सम्मेलनमा बिशेष अतिथि जेष्ठ कम्युनिस्ट मञ्चका गण्डकी प्रदेश अध्यक्ष नरनाथ मरहट्ठा तथा बिशेष अतिथि प्रदेश कमिटी सचिवालय सदस्य दिल बहादुर सेन्चुरी रन्जितको पनि उपस्थिति रहेको थियो l सिरानचाेक गाउँपालिका नेकपा ( माओबादी केन्द्र ) का केन्द्रिय अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको निर्वाचित क्षेत्र र पार्टीका बरिष्ठ उपाध्यक्ष, नेपाल सरकारका उपप्रधानमन्त्रि तथा गृहमन्त्री नारायण काजि श्रेष्ठको गृहपालिका पनि हो l
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस