मङ्सिर ३० गते शनिबार काष्ठमण्डप होटल, मन्थलीमा रिटर्नी सेन्टर नेपाल रामेछापको जिल्ला सम्मेलन सम्पन्न भएको छ l
नेकपा ( माओबादी केन्द्र )का पोलिटब्युरो सदस्य ,भक्तपुर जिल्ला इन्चार्ज तथा ३ महिने रुपान्तर अभियान रामेछाप जिल्लाका इन्चार्ज दिलिप प्रजापति ” भिष्म ” को प्रमुख आतिथ्यमा राम कुमार श्रेष्ठको अध्यक्षतामा २३ सदस्यीय समिति चयन गरेका छन l प्रमुख अतिथि प्रजापतिले पार्टीको उदेश्य ,पार्टीले गर्न खोजेको कार्यहरुको बारेमा तथा रिटर्नी सेन्टर नेपाल पार्टीलाई किन आवश्यक छ ? लगायत अन्य बिभिन्न बिषयमा आफ्नो धारणा ब्यक्त गरेका थिए l उहाँले अबको पार्टीको स्पिरिट भनेको जुनसुकै जनबर्गिय संगठन भए पनि यो रिटर्नी सेन्टर नेपाल उत्पादनमा जोडिएको संगठन भनेर व्याख्या गर्नुभएको छ l त्यस्तै विशिष्ट अतिथि ,नेकपा ( माओबादी केन्द्र ) पोलिटब्युरो सदस्य हरि दाहालले अबको जनबर्गिय संगठनमा रिटर्नी सेन्टर नेपालले महत्वपुर्ण भूमिका खेल्नु पर्ने बताए l
सम्मेलनका विशिष्ट अतिथि , नेकपा ( माओवादी केन्द्र ) का पोलिटब्युरो सदस्य तथा बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईंले अन्तराष्ट्रिय विभागमा सचिव भएर आफुले धेरै बर्ष काम गरेको बताए l बागमती प्रदेशसभा सदस्य चौलागाईंले आफुले सहकार्य गर्दै आएका विदेशमा धेरै बर्ष पार्टीको प्रवास संगठन काम गर्नुभएका पार्टीका अनुभवी नेता हेमन्त पौडेल ज्यु रिटर्नी सेन्टर नेपालको सहसंयोजक तथा बागमती प्रदेशको इन्चार्ज हुँदा खुसि लागेको बताए l , बिदेशमा श्रमिकहरुले धेरै दुख पाएको,नेपालीहरुको समस्या समाधानमा आफुले सक्दो प्रयास गर्ने तथा विदेशबाट फर्केका नेपालीहरु रिटर्नी सेन्टर नेपालमा जोडिनुपर्ने , त्यसको लागि आफुले हरदम सहयोग गर्ने पनि बताए l त्यस्तै रिटर्नी सेन्टर नेपालका केन्द्रिय सहसंयोजक तथा बागमती प्रदेशका इन्चार्ज हेमन्त पौडेलले रिटर्नी सेन्टर नेपालको परिचय,लक्ष्य ,कर्तब्य , संगठन बिस्तार तथा गतिबिधिको बारेमा जानकारी गराए l
जिल्ला सम्मेलनमा रिटर्नी सेन्टर नेपाल, रामेछाप जिल्ला अध्यक्ष तथा खाँडादेबी गाउँपालिका,राकाथुम-१ का वडा अध्यक्ष राम कुमार श्रेष्ठले विदेशबाट फर्केका रामेछाप जिल्लाका साथीहरुलाई संगठित गरि रिटर्नी सेन्टर नेपालमा आवद्ध गराई तिब्र गतिमा सम्पूर्ण नगर तथा गाउँपालिकाहरुमा भेला गर्ने बताए l जिल्ला अध्यक्ष राम कुमार श्रेष्ठले संगठन निर्माण पश्चात रिटर्नीहरुको श्रम ,सिप , पुंजी ,क्षमता तथा अनुभवलाई उपयोग गरि सामुहिक रुपमा मिलेर रोजगारीको सिर्जना गर्ने बताए l सम्मेलनमा अतिथिहरु नेकपा ( माओवादी केन्द्र )का मन्थली नपा इन्चार्ज उद्धब रम्तेल ,मन्थली नपा अध्यक्ष दिपक प्रसाई ,मन्थली नपा सचिव राम तामाङको उपस्थिति रहेका थिए l कार्यक्रम संचालन जिबन राना मगरले गरेका थिए l
रिटर्नी सेन्टर नेपाल रामेछाप जिल्ला पदाधिकारीहरु
अध्यक्ष – राम कुमार श्रेष्ठ ( खाँडादेबी )
उपाध्यक्ष – अम्बर बिशुखें ( दोरम्बा )
उपाध्यक्ष – मान कुमार तामाङ ( रामेछाप )
सचिव – सुरोज कुमार शाही ( मन्थली )
सहसचिव – बिनोद ढुंगाना ( सुनापति )
सहसचिव – दिलिप लामा ( खाँडादेबी )
सदस्य – सुरोज लामा ( मन्थली )
सदस्य – तेजमान श्रेष्ठ ( दोरम्बा )
सदस्य – सुदिप तामाङ ( सुनापति )
सदस्य – सागर योञ्जन (सुनापाती )
सदस्य – सूर्यमान पहरी (सुनापाती
सदस्य – रोज बहादुर तामाङ ( मन्थली )
सदस्य – उदय तामाङ ( मन्थली )
सदस्य – मोहन श्रेष्ठ ( मन्थली )
सदस्य – हरि दर्लामी मगर ( रामेछाप )
सदस्य – ज्ञान बहादुर माझी ( मन्थली )
सदस्य – चन्द्र कुमार बम्जन ( खाँडादेबी )
प्रदेश सदस्य -ज्ञान बहादुर तामाङ
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस