हटपटी संवाददाता,कार्तिक १६ –
नेकपा ( माओवादी केन्द्र ) निकट जनसंगठन रिटर्नी सेन्टर नेपालको २०८० कार्तिक २५ गते घ्याङलेख गाउपालिका सिन्धुलीको प्रथम भेला हुनेभएको छ ।
रिटर्नी सेन्टर नेपालका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज सुरेन्द्र कुमार बम्जनले माओवादी केन्द्र निकटका बिदेशबाट फर्किएको युवाहरु लगायत पार्टिमा आस्था र विश्वास राखेर बिश्वको कुनै पनि देशबाट नेपाल फर्किनु भएको नेपालीहरुलाई एकढिक्का बनाउने उदेश्यले पार्टिले यो २४ औ रुपमा यो जनसंगठन निर्माण गरेको बताए । भदौ ३० गते प्रथम सिन्धुली जिल्ला भेला सम्पन्न पश्चात् अहिले स्थानिय तहहरुमा कमिटी निर्माणमा लागिएको यो संगठनले कार्तिक २५ गते घ्याङलेख गाउपालिकाको भेला सम्पन्न गर्न तयारीमा लागिएको पनि इन्चार्ज बम्जनले जानकारी दिएइको छ ।
नेकपा ( माओवादी केन्द्र ) को विशेष अभियान घरघरमा माओवादी र जनजनमा माओवादी भन्ने मुल नाराका साथ पार्टिको जनतासंग माओवादी तीन महिने विशेष रुपान्तरण अभियानलाई संगठनले सकेको सहयोग र समर्थन गर्दै आएको सर्ववितिदै छ ।
रिटर्नी सेन्टर नेपालले कमिटी विस्तार गरेपछी बिदेशबाट फर्किएको युवा तथा साथिभाईहरुलाई तिनै तहको पार्टी कमिटी र तिनै तहको सरकारसंग समन्वय गरि सीप , कला , क्षमता र अनुभवको मुल्यांकन गर्दै रोजगार र सानो तथा मझौला उधोग सहित संभावित व्यावसायको समेत व्यवस्थापन गर्ने यो संगठनको उदेश्य रहेको छ । अहिले देशैभरीका सात प्रदेश , भुगोल सहितको उपत्यका विशेष प्रदेश , जिल्ला र स्थानीय तहहरुमा धमाधम व्यापक रुपमा संगठन विस्तार अभियान अगाडि बढिरहेको छ । यसै क्रममा सिन्धुलीको घ्याङलेख गाउपालिकामा समेत भव्यरुपमा संगठनको प्रथम भेला सम्पन्न हुनेमा आफू विश्वस्त रहेको इन्चार्ज बम्जनले हटपाटीलाई जानकारी गराइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस