खोटाङमा वैदेशिक रोजगारमा गएर फर्किएका युुवाहरुलाई समेटेर रिर्टनी सेन्टर नेपाल जिल्ला समिति खोटाङ गठन भएको छ । दिपेन्द्र राईको संयोजकमा गठन भएको सेन्टरको सचिवमा भने लक्ष्मीकुमार श्रेष्ठ चयन भएका छन् ।
नेकपा माओवादी केन्द्रको जिल्ला कार्यालयमा भएको भेलाले १७ सदस्यीय समिति गठन गरेको हो । माओवादी केन्द्रको जनसंगठनको रुपमा रहेको रिटर्नी सेन्टरले वैदेशिक रोजगारमा गएर आएका युवाहरुलाई उद्यमशिल बनाउने लक्ष्य राखेको रिर्टनी सेन्टर नेपालका केन्द्रिय सदस्य इन्द्र नाराथुुङ्गेले जानकारी दिनु भयो ।‘आत्मनिर्भरताका लागि उत्पादनमा श्रम, सिप र पुुँजीको प्रयोग’ भन्ने नाराका साथ शुरु भएको रिर्टनी सेन्टर खोटाङले जिल्लामा रहेको दशवटै पालिकाहरुमा संगठन निर्माण गर्ने जनाएको छ । वैदेशिक रोजगारबाट फर्किएकाहरुको अनुुभवहरुबाट आर्थिक सम्पन्नता उन्मुख समाज निर्माण गर्न सकिने बताउँदै रिटर्नी सेन्टर प्रत्येक पालिका र टोलहरुमा पुुगेर साझा सहकार्यमा उत्पादनमुुखी कामहरु जोडिने छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश समिति सदस्य तथा जिल्ला संयोजक दिपक पाण्डे आकाश, प्रदेश सदस्य सुरेश राई लगायतको उपस्थिती रहेको थियो ।
पदाधिकारीहरुको नामावली
संयोजक – दिपेन्द्र राई
सचिव – लक्ष्मी कुमार श्रेष्ठ
सदस्य -ढकराज शेर्पा
सदस्य – उमानाथ ढुंगाना
सदस्य – रामकाजी राई
सदस्य -कप्दान राई
सदस्य – नयन्द्र राई
सदस्य – अनेकमणि राई
सदस्य – मिलन राई
सदस्य – गोबिन्द दाहाल
सदस्य – बुद्ध बहादुर राई
सदस्य – कर्ण मगर
सदस्य – नबिन तामाङ
सदस्य -बाल कुमार राई
सदस्य – लिला नाथ भारती
सदस्य – दिल कुमार राई
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस