भाद्र ३० गते शनिबार चरिकोटमा रिटर्नी सेन्टर नेपाल दोलखा जिल्लाको प्रथम भेलामा दिनेश गुरुङको संयोजकत्वमा सम्पन्न भएको छ l
रिटर्नी सेन्टर नेपालका केन्द्रिय सहसंयोजक तथा बागमती प्रदेशका इन्चार्ज हेमन्त पौडेलको प्रमुख आतिथ्यमा १३ सदस्यीय जिल्ला कमिटि चयन गरेका थिए l भेलामा सहसंयोजकमा राजकुमार मल्ल र सचिवमा सुन्दर खड्का चयन भएका छन् । केन्द्रिय सहसंयोजक पौडेलले रिटर्नी सेन्टर नेपाललाई ७७ जिल्लामा संगठन बिस्तार गरि अरु २३ वटा भातृसंगठन भन्दा फरक किसिमले काम गर्ने बताए l उहाँले रिटर्नी सेन्टर नेपालले विदेशबाट फर्केका तथा हरेक जिल्लाका बेरोजगारी युवाहरुको डाटा संकलन गरि रिटर्नीहरुको सामुहिक लगानीलाई उत्पादनमा जोड दिएर रोजगारीको सृजना गरि बेरोजगारी हटाउन प्रयास गर्ने बताए l त्यस्तै बिशेष अतिथि माओवादी केन्द्र दोलखाका संयोजक कुलबहादुर बुढाथोकीले रिटर्नी सेन्टर नेपालको संगठन बिस्तारमा पार्टीले पूर्ण रुपमा सहयोग गर्ने बताए l
भेलामा स्वागत मन्तब्य ब्यक्त गरेका रिटर्नी सेन्टर नेपाल बागमती प्रदेशका संयोजक दिपेन्द्र कार्कीले रिटर्नी सेन्टर बागमती प्रदेशको हरेक जिल्ला तथा स्थानीय निकायहरुमा संगठन बिस्तारमा तिब्र रुपमा लाग्ने बताए l त्यस्तै भेलाका अध्यक्ष तथा रिटर्नी सेन्टर नेपाल दोलखा जिल्ला इन्चार्ज सीताराम बस्नेतले पार्टीको ३ महिने अभियान संगसंगै जिल्लामा पार्टी तथा रिटर्नी सेन्टर संगठन बिस्तारमा लाग्ने बताए l जिल्ला इन्चार्ज बस्नेतले नेपाल फर्केका रिटर्नी साथीहरु मिलेर कृषिमा लगानी गर्ने बताए l भेलामा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी र रिटर्नी सेन्टर केन्द्रिय सचिवालय सदस्य पुष्कर कुमार अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस