रिटर्नी सेन्टर नेपालको प्रथम जिल्ला भेला भदौ ३० गते सिन्धुलीमाढी नेकपा माओवादी केन्द्रको जिल्ला पार्टी कार्यलयमा भव्य रुपमा सम्पन्न गर्ने तयारी गरिरहेको रिटर्नी सेन्टर नेपाल सिन्धुलिको जिल्ला इन्चार्ज सुरेन्द्र कुमार बम्जनले जानकारी दिएको छ् ।
रिटर्नी सेन्टर नेपाल नेकपा माओवादी केन्द्रको २४ औ जनसंगठनको रुपमा पार्टी पदाधिकारी बैठकले घोषणा गरेपछि अहिले यो संगठन देशव्यापी रुपमा केन्द्र देखि प्रदेश जिल्ला र स्थानिय तहसम्म संगठन समिती बिस्तार गर्ने क्रम निरन्तर चलिरहेको छन् । विशेष गरेर माओवादी केन्द्रसंग आस्था र बिश्वास राखी बिदेशबाट नेपाल फर्किनु भएका युवाहरुलाई लक्षित गरि यो संगठन निर्माण गरेको हो । विदेशबाट सीप , कला , क्षमता , अनुभव र पुंजी सहित स्वदेश फर्किएका युवाहरुलाई रोजगारी सृर्जना गर्न र उद्यमशिलता बन्न यो संगठनले विशेष सहयोग गर्नेछ l पार्टी र सरकारसंग समन्वय गरेर संगठनले केन्द्र देखि स्थानिय तहसम्म रोजगारीको व्यवस्था गर्ने समेत संगठनको योजना छ । र संगठनमा आबद्ध भएपछी क्षमता र मुल्यांकनको आधारमा पार्टिको मुल समितिमा जोड्दै अघि बढ्ने पनि संगठनको उदेश्य हो । अहिले चलिरहेको नेकपा माओवादी केन्द्र जनतासंग पार्टिको विशेष रुपान्तरण अभियानमा समेत यो संगठनले विशेष भुमिका खेल्नेछ ।
यसै गरि सिन्धुली जिल्लामा पनि यो संगठन विशेष रुपमा अगाडि बढिरहेको इन्चार्ज बम्जनले जानकारी गराएको छ । केही पालिका समिती बनिसकेको र अब जिल्ला भेला बाटै बाकी स्थानिय तहमा कमिटी बनाउन निर्देशन गर्ने पनि इन्चार्जले बताउनु भएको छ । जिल्ला भेला भव्य रुपमा सफल पार्न र प्रत्येक पालिका पार्टी कमिटिमा जानकारी सहित जिल्ला पार्टी समितिलाई समेत अग्रिम सुझाब दिइसकेको इन्चार्ज बम्जनको भनाई छ । भेलामा पार्टिका जिल्ला समिती , वाइसीएल नेपाल , अनेरास्ववियु ( क्रान्तिकारी ) लगायत अन्य जनवर्गिय संगठनहरुलाई समेत उपस्थित हुन अपिल गरेको इन्चार्ज बम्जनले जनाएको छ ।
कार्यक्रमको जानकारी
कार्यक्रम – प्रथम सिन्धुली जिल्ला भेला
आयोजक – रिटर्नी सेन्टर नेपाल सिन्धुली जिल्ला
स्थान -पार्टी कार्यलय ,सिन्धुली
समय – बिहान ११ बजे
सम्पर्क – जिल्ला इन्चार्ज सुरेन्द्र बम्जन – ९८५११८९००६
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस