जुम्ला- प्रधानमन्त्री पुष्पकमल दाहालका प्रशासन सल्लाहकार तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदिप आचार्यले माओबादी पाटीको तिन महिने अभियान सामाजिक न्याय र सुशासन मुखि हुने बताए ।
सरकारले चलाएको सुशासन अभियान दिर्घकालिन रहेको बताए । माओवादी पार्टीले यहि १६ गते देशभर एकैपटक सूरु गर्ने अभियानको यस्तो लक्ष रहेको बताएका हुन ।
तातोपानी गाउँपालिकामा पाटीको बिस्तारीत बैठकको लागी जुम्ला पुगेका आचार्यले पार्टी सुदृढका लागि चलाउने अभियानको उद्घाटन भदौ १६ गते देशभर एकै पटक प्रधामन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ६ हजार ७४३ वटा वटामा अनलाइन मार्फत गर्ने भएका छन ।
आचार्यले सरकारले चलाएको सुशासनको अभियान वरु सरकार जान्छ तर अभियान नरोकिने प्रधानमन्त्रीले प्रतिवद्धता बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको पालामा यस पटक शुरुवात गरिएको अभियान जोखिम तर दिर्घकालिन रहेको छ ।
शुसासन अभियान संसारमा एकै पटक नसकिने भन्दै यो अभियानमा सवैले सहयोग गर्नुपर्ने आबश्यकता देखिएको छ । उनले मंगलबार जुम्लामा प्रेस सेन्टर संगको भेटघाटमा सबै भन्दा निणयक र शक्तिशाली जनता भएकाले माओबादी पाटी सधै भरी जनताको सामु रहेर काम गर्ने बताए ।
यस पटक माओवादी अन्तरजिल्ला नेतृत्व खटाएर अभियान चलाईने निर्देशन भएको बताए । नागरिकले सुशासन अभियानमा सरकारले गरेका काम छर्ललङ्ग भएकाले भ्रमात्मक कुराको आधिकारिक संचार माध्यामले प्रतिकार गर्नुपर्ने दिन आएको छ ।
प्रधामन्त्रीका प्रशासनिक सल्लाहकार आचार्यले हरेक नेपालीले जुम्लालाई अध्ययन गर्नु पर्ने बताउदै अभियानको क्रममा खटिएका अतिथि र जिल्लाका नेता कार्यकताहरुले एक पटक गहिरिएर अध्ययन गर्न निर्देशन दिए । उनले जुम्ला खस सस्कृति र खस भाषाको मुहान भएकाले जुम्लाको महत्व विशेष रहेको छ । त्यसैले जुम्लालाई वदल्नु अगाडि जुम्ला अध्ययन हरेक व्यक्तिले गर्न आवश्यक छ ।
त्यस्तै आजको यूग मिडियाको यूग हो । आजको समयमा सवैभन्दा शक्तिशाली मिडिया भएकाले सरकारले चलाएको सुशासन अभियान जनता स्तरमा लैजान मिडियाले सहयोग गर्नुपर्ने अनुरोध गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस