रिटर्नी सेन्टर नेपाल गोरखा जिल्लाको प्रथम भेलाले गणेश बानियाँको संयोजकत्वमा नंया नेतृत्व चयन गरेका छन l
रिटर्नी सेन्टर नेपालकाे केन्द्रीय सह संयाेजक तथा गण्डकी प्रदेश ईन्चार्ज रामचन्द्र अधिकारी क्षेत्रीकाे प्रमुख आतिथ्यमा नेकपा माओवादी केन्द्र गोरखा जिल्ला पार्टी कार्यालयमा भएको सो प्रथम भेलाले २५ सदस्यको जिल्ला कार्य समिति चयन गरेका छन l सो कार्यक्रममा प्रमुख अतिथि रामचन्द्र अधिकारी क्षेत्रीले हामी बिदेशी भूमिमा ईमानदार ,मिहिनेती श्रम गरेर फर्केका , सीप र क्षमतायुक्त शक्ति भएका तथा हामीले आफूलाई सहि रुपले चिनेर अब आफ्नो सानाे पूजिलाई पनि संगठित रुपमा सहि ठाउँमा लगानी गर्नुपर्ने बताए l उहाँले हामी संगठित रुपमा अघि बढी स्थानीय ,प्रदेश ,केन्द्र सरकारलाई विदेशबाट फर्केका रिटर्नीहरुलाई नेपाल मै स्थापित हुने कार्यक्रम ल्याउन तथा सहयोग गर्न दवाव दिनुपर्ने बताए l
संयोजक गणेश बानियाँले विदेशबाट फर्किएका गोरखा जिल्लाका साथीहरु रिटर्नी सेन्टर नेपालमा आवद्द गराई रोजगारी र्सिजना गरी उत्पादन मुलक काममा लगाई आत्मनिर्भर बनाउन पहल गर्ने बताए l उहालें प्रवासबाट फर्किएका जिल्लाका साथीहरुको रेकर्ड उतारेर सबैलाई संगठित पार्दै , साथीहरुलाई उत्पादन मुलक क्षेत्रमा लाग्न प्रेरित गर्ने बताए l तेस्तै रिटर्नी सेन्टर नेपालकाे केन्द्रीय सदस्य तथा गोरखा जिल्लाका इन्चार्ज नरबहादुर गुरुङले रिटर्नी सेन्टर नेपालकाे उदेश्य अनुरुप बिभिन्न कार्यक्रमहरु गर्ने तथा गोरखा जिल्लामा तिब्र रुपमा संगठन निर्माण गर्ने बताए l
हरमटारी ,गोरखामा भएको प्रथम भेलामा विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रकाे केन्द्रीय सदस्य ,गाेरखा जिल्ला संयाेजक तथा गण्डकी प्रदेशकाे सह सचिव मेखबहादुर भण्डारी ,नेकपा माओवादी केन्द्रकाे गण्डकी प्रदेश सदस्य कमरेड आयन,रिटर्नी सेन्टर नेपालकाे अन्तर्राष्ट्रिय उपसाखाकाे संयाेजक रमेश पण्डित (तुफान )लगायत शिक्षक,बिद्यार्थीका प्रतिनिधिहरुले आआफ्ना मन्तब्य राखेका थिए l भेलाले सहसंयोजकमा इश्वरी ढकाल, सचिवमा जर्मन अधिकारीलाई चयन गरेका छन । सोही भेलाले सहिदलखन गाउँपालिकाको संयोजकमा नीलप्रसाद लामिछाने, सिरानचोक गाउँपालिकाको संयोजकमा मनोज ढकाल, गोरखा नगरपालिकाबाट अमर थापा मगर, मन्जु विक र बारपाक सुलिकोट गाउँपालिकाबाट तोकमान गुरुङलाई चयन गरेका छन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस