-रमेश खावाजु ,भक्तपुर –
नेकपा(माओवादी केन्द्र) का केन्द्रीय उपमहासचिव एवं बागमती प्रदेश इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ले मतदाता नहुने नेतालाई मुख्य पदमा नबनाउनु पर्ने बताए l
मंगलवार भक्तपुरको ठिमी ब्यान्केटमा पार्टीको भक्तपुर जिल्ला समन्वय समितिको अभियान कार्यक्रममा प्रमुख अतिथि तथा पार्टीका उपमहसचिब जनार्दन शर्माले बोल्दै अब जिल्लामा संगठन बनाउन लाग्ने नेता तथा कार्यकर्ताहरुले जिल्लाको इतिहास,धार्मिक,सास्कृतिक, परम्परा, रितिरिवाज र रहनसहनको अध्ययन गरेर समाजमा भिजि संगठन बनाउन निर्देशन दिएका छन l उहालें पुरानै शैलीमा संगठित हुन खोज्दा भक्तपुरमा पार्टी संगठन बिस्तार हुन नसकेको बताए l
‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ मा हाम्रो पार्टीको सरकारले भष्टाचार निर्मुल तथा सुशासनको लागि नमूनाको काम गरिरहेकोले अब माओवादी केन्द्रलाई जनताले मन नपराउने कुरै नहुने बताए l अब योजना बनाएर कसरी भक्तपुरको घरघरमा गइ दुख सुखको साथी रुपमा जनतासंग नजिक भएर अरु पार्टीले माओबादी पार्टी प्रति गरेको गलत अफवाह तथा पार्टी बारेको भ्रम चिरेर संगठन निर्माण गर्न उपमहसचिब शर्माले निर्देशन दिएका छन l
कार्यक्रममा पार्टीका चाँगु नगर अध्यक्ष नरेश खड्का , सुर्यविनायक नगर सचिव सनिस लागेजु, भक्तपुर नगर सचिव बिक्रम ह्यंगो ,मध्यपुर नगरकाअध्यक्ष विजय कृष्ण श्रेष्ठ , वाइसिएल जिल्ला अध्यक्ष सरराज उप्रेती तथा अन्य जनवर्गीय संगठनको तर्फबाट संगठनिक अवस्थाबारे रिपोर्टिंग गरेका थिए l प्रदेश इन्चार्ज शर्मा , बागमती प्रदेश अध्यक्ष सरल सहयात्री त्यसैगरी पार्टीको विशेष अभियान अन्तर्गत भक्तपुर कार्यक्षेत्र परेका केन्द्रीय नेताहरुले अभियानको महत्व र कार्यभारबारे मार्गनिर्देश गरेका थिए l
उक्त अवसरमा पार्टीका केन्द्रिय सदस्य शसि श्रेष्ठ , बिमला सुवेदी ,कुमार पौडेल लगाएत अन्य केन्द्रिय तथा प्रदेशका नेताहरु उपस्थित रहेका थिए l जिल्ला संयोजक सुनिल बासुको अध्यक्षतामा तथा जिल्ला सचिब दिल कृष्ण तजले संचालन गरेको उक्त कार्यक्रममा जिल्लाका केन्द्रिय नेताहरु दिलिप प्रजापति, देवेन्द्र श्रेष्ठ, डिपी ढकाल, प्रतिमा श्रेष्ठ, इन्दिरा अधिकारी र उमा कपालीको समेत आतिथ्यता रहेको थियो l
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस