काठमाडौं – बैदेशिक रोजगारबाट फर्किएका रिटर्नीहरुले आफ्नो फ्र्याक्सन इन्चार्ज लक्ष्मण पन्तलाई सेन्टरको कार्यालयमा स्वागत गरेका छन्।
रिटर्नी सेन्टर नेपालको कोटेश्वरमा रहेको कार्यलयमा पन्तलाई बिहिबार बिहान ११ बजे स्वागत गरेका हुन्।
स्वागत ग्रहण गर्दै पन्तले बैदेशिक रोजगारीमा रहंदा प्राप्त गरेको ज्ञान,सीप र पुजीलाई राज्यले अपनत्व लिनुपर्ने बताए। पन्तले भने – विभिन्न कारणले बैदेशिक रोजगारीमा गएका नेपाली युवाहरुको ज्ञान र सीपलाई देश बिकासको अभियानमा लगाउनुपर्छ। ‘
रिटर्नी सेन्टरलाई राजनैतिक जनसंगठन भन्दा पनि सृजनशील आन्दोलनको रुपमा अघि बढाउनुपर्ने पन्तको भनाइ थियो। पन्तले भने -‘रिटर्नीहरुले प्राप्त गरेको श्रम ,सीप , पुजीलाई बहुआयामिक महत्वका रुपमा समाज र राज्यले बुझ्नुपर्दछ। ‘
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार भ्रष्टाचारको अन्त्य गर्ने, सुशासन र समृद्धि स्थापनाको अभियानमा लागिरहेकाले सबै नेपाली जनताले साथ दिनुपर्ने इन्चार्ज पन्तको जोड थियो। यस अघि समग्र देशको बिकास र जनताको समृद्धिका लागि भन्दा पनि कमिशनका आधारमा आयोजना छनौट गरिने गरेको पनि पन्तले खुलासा गरे।
सेन्टरका संयोजक देवेन्द्र सम्बाहाम्फेको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा रमेश पण्डित तुफान,काजी खड्का,राम सन्जेल,धनधोज मल्ल , बिष्णु तुम्बापे ,रमेश खावाजु ,बिशाल भण्डारी , उमेश घले , बिजय लामा लगायतले मन्तब्य दिएका थिए।
कार्यक्रमको संचालन भने सेन्टरका सह संयोजक तथा गण्डकी इन्चार्ज राम चन्द्र अधिकारी क्षेत्रीले गरेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस