-रमेश खावाजु, भक्तपुर –
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं बागमती प्रदेश इन्चार्ज जनार्दन शर्माले पार्टीमा अब मत खसालेर नेतृत्व चुन्ने अभ्यास प्रारम्भ हुने बताए l
शनिबार थिमि ब्याङ्क्वेटमा वाइसियल नेपालको मथ्यपुर थिमिको दोश्रो नगर सम्मेलनलाई सम्बोधन गर्नु हुदै शर्माले भने ” मूल्यांकन माथिका नेताले होइन अब तलकाले नेता चुन्ने विधि बसालिन्छ l सबैलाई चुनावमा उठ्न अवसर प्राप्त हुनेछ । अत्यधिक मत ल्याउने क्रमागत उम्मेदवारहरु निर्वाचित हुनेछन् l
नेता शर्माले बिपक्षी पार्टीहरुले सामाजिक संजाल मार्फत माओबादीका राम्रा कामहरुलाई लुकाई गलत ब्याख्या गर्दै माओबादी बिरुद्ध जनतामाझ भ्रम फैलाईरहेको बताए l उहालें युवाहरुलाई सामजिक संजाल मार्फत पार्टि र सरकारले गरेका राम्रा र सकारात्मक कामहरुको प्रचार गर्न निर्देशन दिनुभयो।
सम्मेलनमा नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्म, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार तथा केन्द्रीय सदस्य डिपी ढकाल त्यसैगरी केन्द्रीय सदस्यद्वय प्रतिमा श्रेष्ठ र इन्दिरा अधिकारी एवं प्रदेश सभा सदस्य भुवनकेशरी श्रेष्ठ र जिल्ला संयोजक सुनिल गोठे “बासु ” , मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख तथा पार्टिका नगर अध्यक्ष बिजय कृष्ण श्रेष्ठले समसामयिक राजनीतिक प्रशिक्षण प्रदान गरेका बताए ।
शनिवार सम्पन्न वाइसिएलको दोश्रो मध्यपुर थिमि नगर सम्मेलनबाट सजन प्रजापतिको अध्यक्षतामा पैतालिस सदस्यीय कार्यसमिति निर्वाचित भएको वाइसिएलको केन्द्रिय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज नरेश रन्जितले जानकारी गराए। इन्चार्ज नरेश रन्जितले सो सम्मेलनमा वाइसिएलका बागमती प्रदेश इन्चार्ज, केन्द्रीय सचिव दिनेश थपलिया आक्रोश, केन्द्रीय सदस्यहरु गोमा आले, राजु कुटु, बेदप्रसाद खरेल , जिल्ला अध्यक्ष सरराज उप्रेती लगायत प्रदेश र जिल्लाका नेताहरु समेतको आतिथ्यता रहेको बताए l
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस