-रमेश खावाजु ,काठमाण्डौ –
आउदो साउन ३० गते रिटर्नी सेन्टर नेपालले सुदुरपश्चिम प्रदेशको भेला धनगढीमा गर्ने भएको छ l
रिटर्नी सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष तथा सुदुरपश्चिम प्रदेशको इन्चार्ज अस्मित सिंहले उक्त भेलामा सुदुरपश्चिमका ९ वटा जिल्लामा तदर्थ समिति बनाउने तथा असोजको अन्तिम सातामा प्रदेशको तदर्थ समितिको भेला गर्ने बताए l उपाध्यक्ष सिंहले आफुले पार्टीको तीन महिने अभियानसंगै पार्टी संगठन तथा रिटर्नि सेन्टर नेपाललाई सुदुरपश्चिमका गाउगाउमा ,घरघरमा प्रचार प्रसार गर्ने तथा बिदेशबाट फर्केका युबाहरुलाई स्वरोजगार ,उत्पादनसंग जोड्न महत्त्वपूर्ण भुमिका खेल्ने पनि बताए l उहांले पार्टीका जिल्ला संयोजक ,सचिब कमरेडहरुले उक्त बैठक भेलामा आफ्नो जिल्लाबाट प्रतिनिधि पठाउन आवश्यक सहयोग गरिदिनहुन अनुरोध गर्नुभएको छ l
बिदेशमा सिकेको सीप ,श्रम पुजि नेपाल बिकासमा खर्चने तथा उत्पादनसंग जोड्न सहकारी पद्धतिमा सामुहिक रुपमा लगानी गर्ने उदेश्यले स्थापित रिटर्नी सेन्टर नेपाल नेकपा माओबादी केन्द्रको २४ औं भातृ संगठन हो l गत जेष्ठ २६ गते काठमाण्डौको कोटेश्वरमा पार्टीका केन्द्रिय अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा राष्ट्रिय भेला गराई औपचारिक रुपमा “रिटर्नी सेन्टर नेपाल” उद्घाटन गरेका थिए l उक्त भेलामा केन्द्रदेखि पालिकासम्मको संगठन विस्तार गरि आगामी ६ महिनाभित्र अधिवेशन गर्नको लागि देवेन्द्र सम्बाहाम्फेको संयोजकत्वमा ९९ जनाको तदर्थ केन्द्रिय कमिटि बनाएका थिए l २ महिनाको छोटो अवधिमै द्रुत गतिमा ७ वटा प्रदेश तथा जिल्ला जिल्लामा भेला गरि नया नेतृत्व चयन गरि संगठनको विस्तार भइरहेको जानकारी केन्द्रिय संयोजक देबेन्द्र सम्बाहाम्फेले बताए l
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस