काठमाडौ -नेकपा माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्क नेम्वाङ ‘मिक्सो’ ले उप प्रधानमन्त्री एबम भौतिक पुर्वाधार तथा यतायत मन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर पाँचथर जिल्लाका विभिन्न सडक आयोजनामा भइरहेको ढीलासुस्ती बारे जानकारी गराएका छन् ।
बुधबार दिउँसो १ बजे मन्त्री श्रेष्ठको कार्यकक्षमा पुगेका अध्यक्ष ‘मिक्सो’ले राके -रवि-भेडेटार सडक आयोजना र मध्य पहाडी लोकमार्कमा भइ रहेको ढीला सुस्ती बारे जनकारी गराएका थिए ।
अध्यक्ष मिक्सोको जानकारी र गुनासोप्रती आफू गम्भीर रहेको बताउदै उपप्रधानमन्त्री श्रेष्ठले राके-रवि सडक निर्माण गर्न जिम्मा पाएका ठेकदारलाई केहिदिन अघि मन्त्रालयमै बोलाएर हरेक १५ दिनको प्रगति विवरण पेस गर्न निर्देशन दिएको र सो प्रगति नभए ठेक्का सम्झौता भङ हुने बताए ।
‘हरेक पन्ध्र दिनमा प्रगति विवरण पेश गर्न भनेको छु, उपप्रधानमन्त्री श्रेष्ठले भने ‘सोचे अनुसार काम नभए ठेक्का सम्झौता रद्ध हुनेछ ।’
त्यस्तै अध्यक्ष ‘मिक्सो’ले मध्य पहाडी लोकमार्ग अन्तरगतको पाँचथर खण्डमा अहिलेसम्म जम्मा ७ प्रतिशत मात्र काम भएको जानकारी गराएका थिए ।
सो आयोजनाको ढिलासुस्ती बारे समबन्धित प्रमुखलाई तोकिएको बाहेक ठेक्का समय थप नगर्न निर्देशन दिन्दै उपप्रधानमन्त्री श्रेष्ठले कानुन अनुसार ठेक्का जिम्मा लिएका कम्पनीलाई कारबाही अगाडि बढाउन निर्देशन दिएका छन ।
राके-रवि-भेडेटार सडक आयोजना २०७५ सालमा तीन वर्षभित्रमा कालोपत्रे सक्ने गरी भारतीय ठेकेदार कम्पनी एफको इन्फ्राको प्रालीसँग ठेक्का सम्झौता गरेको भए पनि काम सन्तोषजनक नभएकाले त्य क्षेत्रका जनताको आक्रोश रहेको छ।
३ करोड २६ लाख १८ हजार ५ सय ४१ अमेरीकी डलरमा कालोपत्रेका लागि सम्झौता भएको सो सडकले धनकुटाका भेडेटार, नाप्जे, ओखे्र, डाँडाबजार, राजारानी, चौकीभञ्ज्याङ, देउराली, समिया, मढेवास, सौरेबजार, ६ नम्बर बुधबारे क्षेत्रलाई समेट्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस