पाँचथर-पाँचथरमा जनयुध्द दिवस मनाईने!पाँचथरमा जनयुध्दको उदगम स्थल याङ्नामको चरि भञ्ज्याङमा २८ अैां जनयुध्द दिवस भब्यताका साथ मनाईने सो पार्टीको याङवरक गाउँ कमिटीले जनाएको छ ।
याङनाम सामरिक महत्वको स्थानका रुपमा मानिन्छ र यही स्थानबाट नै जनयुध्द कालमा जिल्ला पार्टीको कार्यालय र जनमुक्ति सेनाको हेडक्वाटर सञ्चालन हुने गरेको बताईन्छ ।
जनयुध्दको समयमा याङनामकै आकासेमा प्रथम पाँचथर जिल्ला जनसरकार गठन एवं माओबादीको ऐतिहासिक खुल्ला सभा आयोजना भएको थियो !
नेकपा माओबादी केन्द्रको गाउँ कमिटीबाट जनकारी अनुसार जनयुध्द दिवसको अबसरमा फाल्गुण १ गते हुने कार्यक्रममा पार्टीका पोलिट ब्युरो सदस्य तथा पूर्व प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्वो ‘मौसम’,केन्द्रीय सदस्य तथा पूर्व प्रदेश सभा सदस्य सीता थेवे ‘प्रमिला’ ,१ नं. प्रदेश अध्यक्ष क.हर्क नेम्वाङ ‘मिक्सो’ र जिल्ला अध्यक्ष होम जवेगु ‘सुर्यमान’ लगायतका नेताहरुको आतिथ्यता र सहभागिता रहने छ ।
जनयुध्दका सहिद परिवार,घाईते योध्दा तथा बेपत्ता परिवारको सम्मान समेत गरिने सो कार्यक्रमलाई भव्यता साथ सफल पार्न जिल्लाभरिबाट सहभागिताका लागि नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रको याङवरक गाउँ पार्टी कमिटीले सार्वजनिक आव्हान समेत गरेको छ !
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस