अछाम,- प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन १०–१५ वर्षसम्म जारी रहनुपर्ने बताएका छन् ।
चौरपाटी गाउँपालिकामा आयोजित सत्ता गठबन्धनको अन्तिम चुनावी आमसभालाई बिहीबार सम्बोधन गर्दै देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीकाे संविधानलाई नै धरापमा पार्ने कार्यविरुद्ध गठबन्धन बनेको बताउँदै राजनीतिक स्थायित्वको लागि गठबन्धन १०–१५ वर्षसम्म हुनुपर्ने आफ्नो मान्यता रहेको बताए ।
समृद्धि र आर्थिक विकास राजनीतिक स्थायित्वको लागि गठबन्धनका उम्मेदवारलाई जिताउनको आग्रह गरेका प्रधानमन्त्री देउवाले आफ्नो मन्त्रिपरिषदका सदस्य शेरबहादुर कुँवर योग्य र सक्षम मन्त्री रहेको बताए ।
कुँवरलाई कलम, मेघराज खड्कालाई रुख र झपट साउदलाई गोलाकारभित्रको हसिंया हतौडमा मतदात गरेर विजय गराउन उनले मतदातालाई आग्रह गरे ।
देउवाले गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुने पनि दाबी गरे । नेपाल जलस्रोतको धनि भएकाले विद्युत् उत्पादनमा जोड दिने र विद्युत् बेचेरै नेपाल समृद्ध बनाउन सकिने बताउँदै प्रधानमन्त्री देउवाले भारतसँग पश्चिम सेती आयोजनालाई अघि बढाउन पञ्चेश्वरको सहमति भएको जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस