काठमाडौँ- सोमबार बिहान ललितपुर क्षेत्र नम्बर २ प्रदेशस्तीरय क्रियाशील सदस्यहरूको भेलामा नेपाल कुनै देशको सैन्य संगठनमा नपस्ने नपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् ।
उनले भने, “आइतबार राति चिनियाँ नेताको सम्मानमा आयोजित रात्रिभोजमा हाम्रो पार्टीका पदाधिकारीले स्पष्टसँग नेपाल-चीन सम्बन्धबारे आफ्नो धारणा राख्नु भएको छ । हामीले चीनलाई बीपी कोइरालाको पालादेखिको सम्बन्धमा असर नपर्ने गरी चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छौं । हामीले स्पष्टसँग चीनलाई एमसीसी पनि लिन्छौं, बीआरआईमा पनि सहभागी हुन्छौं, तर कुनै पनि सैन्य संगठनमा पस्दैनौं । हामी विकास सहायता चाहन्छौं, तर कुनै सैन्य संगठनमा पस्दैनौं । हामीलाई भारत, चीन, अमेरिका सबै देश चाहिन्छ । हाम्रो देशमा विकासका लागि सबै देशको सहयोग आवश्यक पर्छ ।”
उनले विकासका लागि नेपाललाई खर्बौं रुपैयाँ वैदेशिक सहायता आवश्यक रहेको उल्लेख गर्दै विभिन्न देशसँग सैन्य संगठनको विषयलाई लिएर विवादमा नअल्झिने कांग्रेसको स्पष्ट धारणा राखेको पनि जानकारी दिएका छन् ।
यस्तै थापाले चिनियाँ नेता लिउलाई नेपालका राजनीतिक दलहरूलाई अनावश्यक सल्लाह र सुझाव नदिन र नभड्काउन पनि आग्रह गरेको बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस