काठमाडौँ- आज बिहीबार पनि प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल जारी रहने भएको छ। संसद् सचिवालयका अनुसार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आर्थिक वर्ष २०७९\८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै, राष्ट्रियसभाको बैठक पनि आज बस्दैछ । बजेटमाथि छलफल सम्पन्न गरेको राष्ट्रियसभा बैठकमा आज एउटा संकल्प प्रस्ताव र एउटा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।
संघीय संसद् सचिवालयका अनुसार संघीयता कार्यान्वयन सम्बन्धमा राष्ट्रियसभा सदस्य खिमलाल देवकोटा प्रस्तावक र जितेन्द्रनारायण देव लगायतका सांसद समर्थक भइ दर्ता भएको संकल्प प्रस्तावका सम्बन्धमा छलफल हुने भएको छ।
यस्तै सांसद देवेन्द्र दाहाल प्रस्तावक र भैरव सुन्दर श्रेष्ठलगायतका सांसद समर्थक भई सूचना गरेको ‘खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेल लगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्य घटाउन यथाशीघ्र पहल गरियोस्’ भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ ।
राष्ट्रिय सभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस