पोखरा- नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटीलाई पूर्णता दिन मतदान हुने भएको छ । सर्वसम्मतमा कमिटी चयन गर्ने प्रयास गरिए पनि सफल हुन नसकेपछि मतदान हुन लागेको हो । तीन महिनाअघि अध्यक्ष मात्रै चयन गरेर स्थगित भएको अधिवेशन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि बुधबार सुरु भएको हो ।
कमिटीको उपाध्यक्षमा सात जनाको उम्मेदवारी परेको छ । तीन सिटका लागि नवलपुरबाट मित्रशरण शर्मा, पर्वतका गुणखर बस्याल, गोरखाका लोकप्रसाद बन्जारा, बागलुङका ज्ञानमान गैह्रे, कास्कीका गंगा पोखरेल र केशव पौडेल तथा तनहुँकी गीता शाहीले उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै, एक जना सचिवका लागि दुई जनाको मनोनयन छ । गोरखाका जगन्नाथ खनाल र विष्णु भट्टले मनोनयन दर्ता गरेको निर्वाचन कमिटीले जनाएको छ ।
तीन सहसचिव पदमा ६ जनाले उम्मेदवारी दिए भने कोषाध्यक्षमा तीन जनाको दावेदारी परेको छ । सहसचिवमा कास्कीका जीवन खाती, राजकुमार दुलाल, लमजुङका मेखबहादुर भण्डारी, स्याङजाका कल्पना अर्याल, तनहुँका अतिन्द्र केशरी न्यौपाने र म्याग्दीका टेकबहादुर विकले उम्मेदवारी दिएका छन् ।
कोषाध्यक्षमा कास्कीका मेखबहादुर विक र भीमबहादुर विक तथा स्याङजाका तारा भुसालको उम्मेदवारी परेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस