काठमाडाैं- आज विश्व भन्सार दिवस । नेपालमा पनि ७०औँ भन्सार दिवस मनाइँदैछ । दिवसका अवसरमा अर्थमन्त्री जनार्दन शर्माले भन्सार प्रशासनलाई आधुनिकीकरण, विद्युतीय माध्यमको पूर्ण उपयोग र समग्र पूर्वाधालाई प्रविधिमैत्री बनाउन आवश्यकता रहेको बताएका छन् ।
दिवसका अवसरमा शुभकामना सन्देशमार्फत अर्थमन्त्री शर्माले भनेका छन्, ‘सेवाग्राहीलाई झन्झटरहीत सरल र पारदर्शी सेवा आवश्यकता हो । भन्सार जाँचपासलाई सरल बनाउन आधुनिक उपकरणसमेतको व्यवस्था गर्न जरुरी छ ।’
भन्सार प्रशासनमा कार्यरत कर्मचारीले केवल आफ्नो पेशाका लागि मात्र नभई देशकै अर्थतन्त्रलाई बलियो बनाउने जिम्मेवारी भएकोसमेत बोध हुनुपर्ने उनले उल्लेख गरेका छन् ।
अर्थमन्त्री शर्माले विगत दुई वर्षदेखिको कोभिड-१९ संक्रमणलाईसमेत न्यून गर्न भन्सार प्रशासनले निसंक्रमण तथा शीघ्र जाँचपासका उपाय अपनाएर आपूर्ति व्यवस्थालाई नियमित गर्न र वैदेशिक व्यापारलाई सहजीकरण गर्दै आएको बताएका छन् ।
भन्सार दिवसको अवसरमा सुरुवात भएको विद्युतीय भुक्तानी प्रणालीको दिगोपन कायम गरी भन्सार प्रशासनको आधुनिकीकरण, विकास र प्रविधियुक्त कार्य प्रणालीको व्यापार लागत घटाउन र व्यापार सहजीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्न सफलता मिलोस् भन्दै उनले शुभकामना दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस