कपिलवस्तु- कोभिड-१९ नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरेकाे आदेशकाे प्रदेश मन्त्री र गाउँपालिका अध्यक्षले उल्लंघन गरेका छन् । जिल्लामा कोभिडको तेस्रो भेरीयन्ट फैलिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले २९ पुस र ४ माघमा आदेश जारी गरेको थियो ।
आदेशको पहिलो बुँदामा ‘ सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला, धेरै मानिस भेला हुने क्रियाकलाप २०७८ माघ महिना सम्म सञ्चालन नगर्ने ’ उल्लेख गरिएको छ । कार्यक्रम गर्न परे पनि एन्टिजिन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका बढीमा २५ जना सहभागी हुने गरी सञ्चालन गर्न पाउने आदेश जारी भएको थियो । तर, जनप्रतिनिधिले नै उल्लंघन गरे पनि प्रशासन मौन छ ।
प्रशासन कार्यालयबाट २९ बुँदे आदेश जारी भए पनि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार योजना विकासमन्त्री सहसराम यादव प्रमुख अतिथि भई माघी तथा खिचडी महोत्सवमा सहभागी भएका थिए । कोरोनाको कारण जिल्लाका धेरै माघी महोत्सव रोकिए पनि सयौँको भिडमा मास्क नलगाई प्रदेश मन्त्री नै सहभागी भएका थिए ।
कपिलवस्तुको मायादेवी गाउँपालिकामा पनि आदेश उल्लंघन गरी कार्यक्रम सञ्चालन भएको छ । मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी चौधरीले प्रशासनको आदेश उल्लंगन गर्दै खेलकुद प्रतियोगिताको उद्घाटन गरे । जनता समाजवादी पार्टी कपिलवस्तु जिल्ला अध्यक्षले शैलेन्द्र यादवले मायादेवी गाउँपालिका अध्यक्ष चौधरीले भिडभाड जम्मा गरी ब्याटिङ गरेको फोटो र भिडियो सार्वजनिक गरेका छन् ।
मायादेवी गाउँपालिका-८ गुलरीमा जनसेवा समाजद्वारा आयोजना गरिएको क्रिकेट प्रतियोगिता वडा कार्यालयको सहयोगबाट सञ्चालनमा छ ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्यांक अनुसार मायादेवी गाउँपालिकामा मात्र १० जनालाई कोरोना देखिएको छ । पालिकामा परीक्षण गर्ने व्यवस्था नभएकाले स्थानीय कोरोना परीक्षणका लागि कपिलवस्तु अस्पताल पुग्छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस