मस्को- रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विवादलाई जोडेर नयाँ प्रतिबन्ध लगाइए अमेरिकासँगको सम्बन्ध टुट्न सक्ने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको टेलिफोन वार्तामा राष्ट्रपति पुटिनले नयाँ प्रतिबन्ध अमेरिकाका लागि नै प्रत्युत्पादक हुने बताए ।
रुसले युक्रेनमाथि हस्तक्षेप गरेको भन्दै वासिंगटनले मस्कोमाथि प्रतिबन्ध लगाउने बताइरहेका बेला पुटिनको चेतावनी आएको हो ।
रुसले युक्रेनसँगको पूर्वी सीमामा एक लाख भन्दाबढी फौज तैनाथ गरेको छ । सो फौज अतिक्रमण गर्न नभई आफ्नो नियमित अभ्यासका क्रममा तैनाथ गरिएको रुसको भनाई छ ।
युक्रेनमाथि हुने जुनकुनै हस्तक्षेपलाई अमेरिकाले अन्य साझेदार देशहरुसँग मिलेर प्रतिवाद गर्ने राष्ट्रपति बाइडेनले बताएका छन् । पुटिन र बाइडेनबीच शुक्रबार विहान टेलिफोन वार्ता भएको थियो । यो वार्ता एक महिनाको समयमा दुई राष्ट्रपतिबिच भएको दोस्रो हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस