सिमकोट- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) हुम्लाले विद्युत, खानेपानी र खाद्य वस्तुमा ४५ प्रतिशत छुट गर्न जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाई कार्यालय हुम्लासँग माग गरेको छ ।
अखिल क्रान्तिकारीले विद्यार्थीलाई अध्ययन गर्दा समस्या परेको भन्दै शैक्षिक सुधारका विभिन्न ७ बुँदे मागसहित शिक्षा समन्वय एकाइ र जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ।
अखिल क्रान्तिकारी हुम्ला अध्यक्ष उपेन्द्र रावलले शिक्षा, स्वास्थ्य र खाद्यान्नका विषयमा जिल्लाका सम्वन्धित निकायहरुको ध्यानार्कषण गराएको र आगामी दिनमा पनि यसले निरन्तरता पाउने बताए ।
बिहीबार अध्यक्ष रावल सहितको नेतृत्वमा गएको विद्यार्थीहरुको समूहले विद्यार्थीलाई सहुलियतको माग गर्दै र शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
दलित, पिछडिएका, जनजाति र महिला, अपंगता भएका विद्यार्थीका लागि व्यवस्थित छात्राबास स्थापना गरिनु पर्ने, विद्यालयहरुमा दक्षताको आधारमा शिक्षक, कर्मचारी नियुक्ति गरिनु पर्ने जस्ता माग राखिएको उनले बताए ।
संगठनले शिक्षा सुधारका लागि हुम्ला जिल्लाका सातवटै गाउँपालिकाहरुमा माग पत्र पेस गर्ने भएको अध्यक्ष रावलले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस