बुटवल- गृहमन्त्री बालकृष्ण खाँणले प्रदेश राजधानी नहुँदैमा बुटवलको विकासमा फरक नपर्ने बताएका छन् । बुटवलले विकासमा फड्को मारिसकेको र यो आफ्नै बलबुतामा सम्भव भएको भन्दै उनले राजधानी नरहने पनि लुम्बिनी प्रदेशको विकासको केन्द्र बुटवल नै हुने बताए ।
गौतमबुद्ध सामुदायीक स्वास्थ्य संस्थाको नवौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै गृहमन्त्री खाँणले बुटवललाई अहिलेको अवस्थामा ल्याइपु¥याउन सबैको साझा प्रयास रहेको बताए । रुपन्देहीको विकासका लागि आफूले धेरै प्रयास गरे पनि जस भने लिन नपाएकोमा उनले दुःखेसो पोखे । ‘विकासका लागि मैले धेरै प्रयास गरे, तर जस लिन पाइन र लिने प्रयास पनि गरिन,’ उनले भने ।
गृहमन्त्री खाँणले मुलुकले स्वास्थ्य क्षेत्रमा फड्को मारेको, प्रविधिको प्रयोग बढ्दै गएको पनि बताए । स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्रिए पनि न्युन आर्थिक अवस्था भएकाले यसको प्रयोग गर्न नसक्नु चुनौती बनेको बताए ।
सरकारी अस्पतालको व्यवस्थापन सुधार नहुँदा सर्वसाधारणले निजी अस्पतालमा महंगो उपचार सेवा लिनु परिरहेको भन्दै गृहमन्त्री खाँणले सरकारी अस्पतालको क्षमता विस्तारसँगै स्तरोन्नतीका लागि सरकारले काम गरिरहेको प्रष्टाए ।
उनले तिलोत्तमा नगरपालिकामा गौतमबुद्ध सामुदायिक अस्पतालको लागि प्रस्ताव गरिएको जग्गा हालसम्म पनि उपलब्ध हुन नसक्नु दुःखद रहेको उल्लेख गर्दै आफुले सरकारको तर्फबाट जग्गा उपलब्ध गराउन पहल गर्ने विश्वास दिलाए ।
अस्पतालका अध्यक्ष एजाज आलमले सरकारले जग्गा उपलब्ध गराए दुई बर्षभित्र आठ सय बेडको सुबिधासम्पन्न अस्पताल निर्माण गर्न तयार रहेको बताए । रुपन्देही उद्योग संघको संरक्षकत्वमा १० पुस ०७० बाट संचालन गरेको अस्पतालले एक बर्षमा पिडी, इमर्जेन्सी र भर्ना गरी ४८ हजार सात सय २२ जनालाई उपचार सेवा उपलब्ध गराएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस