पोखरा- नेकपा माओवादी केन्द्रको प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ । गण्डकी प्रदेशमा अधिवेशनको सबै तयारी सकिएको माओवादीले जनाएको छ । अधिवेशनबाट प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष तथा सचिव, सहसचिव र कोषाध्यक्ष एक/एक जना गरी सात सदस्यीय पदाधिकारीसहित २२९ सदस्यीय प्रदेश समिति निर्वाचित हुनेछन् ।
प्रदेशको प्रथम अधिवेशन विचार निर्माण र संठनात्मक काममा केन्द्रित हुने इन्चार्ज हितराज पाण्डेले बताए । माओवादीको गण्डकी प्रदेश समितिमा कम्तिमा ३५ प्रतिशत महिला र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।
‘माओवादी केन्द्रलाई गण्डकी प्रदेशमा प्रमुख शक्तिका रुपमा स्थापित गर्ने गरी संठनात्मक कामलाई अघि बढाइने छ । अधिवेशनमा यसबारे व्यापक छलफल हुन्छ,’ उनले भने, ‘अधिवेशनमा विचार निर्माण र समाजवादको मोडलका बारेमा छलफल केन्द्रित रहन्छ ।’
पोखरामा हुने प्रदेश अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट ८४६ प्रतिनिधि सहभागी हुनेछन् । पालिकाहरुबाट निर्वाचित ६०० जना, मनोनित ६०, आयोजक ९६, ज्येष्ठ कम्युनिष्ट मञ्चका ४३ र प्रदेश सल्लाहकार ४७ जना सहभागी हुने माओवादीले जनाएको छ । एक गैरभौगोलिकसहित एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिकामा पार्टीका अधिकांश अधिवेशनहरु सकिएकाे माओवादीले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस