काठमाडौँ – सरकारले विभिन्न देशका लागि प्रस्तावित गरेका राजदूतको सोमबार संसदीय सुनुवाइ भइरहेको छ । सिंहदरवार स्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा बसेको समितिको बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ भइरहेको हो ।
वेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्य र भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माको संसदीय सुनुवाइ सकिएपछि अहिले अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीको सुनुवाइ सुरु भएको छ ।
सोही क्रममा प्रस्तावित राजदूत खत्रीलाई सांसदहरूले एमसीसीलागयतका विषयमा विभिन्न सुझाव दिएका छन् ।
देव गुरूङ
हामी सामुहिकतावादमा छौं । विकासमा पश्चिमा सभ्याताले लिड गरिरहेको छ । पछिल्लो समय पूर्वीय सभ्यताले लिड गर्दै गएको छ । तीव्र प्रतिस्पर्धामा गएको छ । अस्वस्थताको प्रतिस्पर्धाले शीतयुद्ध र क्षेत्रीय युद्वको खतरा बढ्दै छ । क्षेत्रीय सुरक्षा गठबन्धनले तेस्रो विश्वयुद्धको खतरा छ । यस्तोमा हाम्रो सुरक्षा र स्वाधिनता कुनै पनि ध्रुवमा नगई तटस्थ सम्वादमा जोड दिनुपर्छ । अमेरिकाले दिएका सोच र चिन्तन पछिल्लो समय समस्याका रूपमा बढ्दै गएको छ । हामी त्यसबाट बचेर शान्तिपूर्ण रूपमा स्थिरता, हाम्रो स्वाधिनता कसरी जोगिन्छ भन्ने ध्यान दिनुहोला । अमेरिकाका स्वार्थबाट कसरी जोगाउने, सन्तुलित कसरी बनाउने चुनौती छ, त्यसमा ध्यान दिनुहोला ।
सुरक्षा दृष्टिबाट नेपाललाई आफ्नो पक्षमा पार्न कुनै न कुनै रूपमा अमेरिकाले पार्टनरसिप प्रयास गरेको छ । हिन्द महासागरमा सेना परिचालन छ । आणविक अस्त्र तयार पार्दै छ । स्ट्राटेजिक पार्टनरसिप नेपाल होमिन थालेपछि आईपीएसको मेम्बर घोषणा ग-यो । त्यसबाट कसरी मुक्त बनाउने चुनौती छ । एमसीसी आईपीएसको पार्ट हो भने कुरा खण्डन हुनुपर्छ । सहायता हो भने संसदबाट पारित किन गराउनुपर्ने ? यसमा शंका पैदा भयो ।
एमसीसीमा केही न केही स्वार्थ छ । विकास सहायता नलिने भन्ने कुरै होइन । राष्ट्रिय स्वाधिनतासँग बाझियो । यसलाई कति सकिन्छ सच्याउनुपर्छ । यसमा पहल गर्नुहोला । राष्ट्रिय सहमति पनि आवश्यक छ । संसदबाट पारित गर्नुपर्ने प्रावधान हटाउनुपर्छ । युएसआईडी, जाइका सबैमा सरकारसँग सहमति गरेर हुने, एमसीसीमा किन संसदबाट पारित गर्नुपर्ने ? एमसीसीमा शर्त नै शर्त राखिएको छ ।
सार्वभौम अधिकार खण्डन नहुने गरी सम्झौता परिमार्जन गर्न भूमिका खेल्नुहोला ।
भीमसेन दास
नेपालमा सेना ल्याउने कुरा अफवाह नै हो । भारत र चीनले नै राख्न दिन्न । के के पोलिटिकल इन्ट्रेस्ट हो थाहा छैन । एमसीसीमा राजनीति गरेर स्वार्थ पूरा होला । तर, अमेरिकासँगको सम्बन्ध के हुन्छ, विश्वमा के असर पर्छ, ख्याल गर्नुपर्छ । अमेरिकाले आक्रमण गर्न यहाँ सेना राख्नै पर्दैन । उसको स्वार्थमा असर पर्यो भने सिधै हान्न सक्छ । नेपाल सेफ ठाउँमा छ । कसैले हान्न सक्दैन । त्यसकारण एमसीसीको नाममा अफवाह फैलाउनुको तुक छैन ।
सुरेन्द्र पाण्डे
नेपाल अमेरिका सम्बन्ध ज्यादै महत्वपूर्ण छ । द्विपक्षीय सम्बन्धमा ठूलो सहयोग रहँदै आएको छ । सहयोग सुदृढ र बलियो बनाउनेमा ध्यान जाओस् ।
हाम्रो देशमा एउटा धारणा छ, अमेरिकाले चीनलाई घेर्दै छ । चीन टिक्यो भने आफ्नै सामर्थ्यमा टिक्छ । टिकेन भने आफ्नै स्वार्थमा टिक्दैन । हामीले थामिदिने जस्तो कुरा नगरौं । चीनसँग यस्तो सामर्थ्य छ । चीनले अमेरिकासँग हात मिलाइसकेको छ । हामीले हाम्रो राष्ट्रहित फाइदा हेर्नुपर्छ । हितसँग सरोकार विषय लिनुपर्छ ।
सबैभन्दा धेरै नेपाली अमेरिकामा छन् । उहाँहरूको सिपलाई कसरी नेपाल ल्याउने, अमेरिकासँग नेपालको बिजनेस बढाउने प्रयास गर्नुस् ।
आर्थिक कुटनीतिमा ध्यान दिनुहोला । उही पुरानै नेताको स्वागत गर्नेमा सीमित नरहनुहोला । एमसीसी सेटल गर्नुभयो भने अझै राम्रो । सेलेक्सन राम्रो छ, पर्फमेन्स राम्रै गर्नुभयो भयो सबै नेपालीले सम्झिनेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस